काठमाण्डौ । बजेट पछि केही दिन घटेको बजारमा आज फेरि ‘बुलिस हरामी’ क्यान्डल बनेको छ । जापानिज भाषामा ‘हरामी’को अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । क्यान्डल स्टिकको प्याट्रनअन्तर्गत दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ ।
दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो आकृति बन्छ (हेर्नुहोस् तस्बिरमा) भने बुलिस हरामी र बियरिस हरामी भन्ने हुन्छ ।
बुलिस हरामी चार्टको न्यून विन्दुमा बन्ने गर्छ । यदि रातो लामो क्यान्डलको ठीक पछि छोटो हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस हरामी भनेर बुभिन्छ (हेर्नुहोस् एरो)। यसले ट्रेन्ड परिर्वतनको संकेत गर्छ ।
यदि घटिरहेको बजारमा यस्तो आकृति बन्छ भने त्यसले बाटो परिवर्तन गर्ने संकेत गर्छ । यस्तो अवस्थामा खरिदकर्ता हावी भएका हुन्छन् । यसविपरीत यदि पहिलो क्यान्डल लामो हरियो र दोस्रो क्यान्डल छोटो रातो बन्छ भने यसलाई बियरिस हरामी भनेर बुझिन्छ । यस्तो आकृति चार्टको माथि बन्छ र बिक्रीकर्ता हावी भएका हुन्छन् । यसले पनि ट्रेन्ड परिवर्ततको संकेत गरेको बुझिन्छ ।
आज बजेट पछि केही दिन घटेको बजारमा नेप्सेको चार्टमा बुलिस हरामी क्यान्डल बनेको देखिन्छ । यसले ट्रेन्ड रिभर्सलको संकेत गरेको छ । तर यसको कन्फर्मेसनको लागि आज २०८३ मा बन्द भएको बजार आगामी कारोबारमा यदि २०९० भन्दा माथि भोल्युमसहित कारोबार हुन्छ भने त्यसलाई बजारमा इन्ट्रीको रणनीति लिन सकिन्छ । तर २०६६ भन्दा तल बजार गएमा स्टप लसको रणनीति लिन सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।