काठमाण्डौ । आज बजार दिनभर उतारचढावपूर्ण रह्यो । बजार घट्दा आज कारोबार पनि घटेको छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डबाट खसेको बजार आज मध्य ब्याण्डबाट पनि तल खसेको छ । म्याक्डीबाट नियाल्दा आज बजारमा २ महिना पछि बियरिस क्रसओभर बनेको छ ।
यसअघि बजारले जनवरी पहिलो साता बुलिस क्रसओभर बनाएर माथिको यात्रा तय गरेको थियो । योसँगै आज हिस्टोग्राम पनि नेगेटिभ भएको छ । आरएसआईबाट नियाल्दा आज बजार न्यूट्रज जोन अथवा ‘नन् ट्रेडिङ’ जोनमा चलेको छ । मनी फ्लो इन्डेक्समा पनि बजारले बियारिस यात्रा तय गर्दै गरेको देखिन्छ ।
बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा आज ८ अर्ब ३७ करोडको मात्रै कारोबार भएको छ । यसले बजार सुस्त हुँदै गएको संकेत गरेको छ । यद्यपी आज २७५० को विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा यहाँ भन्दा माथि टिकेको खण्डमा अप ट्रेन्डको सम्भावना पनि रहन्छ । तर इन्डिकेटर र प्राइस एक्सनबाट भने बजार सुस्त हुँदै गएको जनाउँछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।