काठमाण्डौ । पछिल्लो समय भदौ २ गतेबाट खसेको बजार सिमेट्रिकल प्याट्रनमा चलेको देखिन्छ । भदौ महिनामा ३ हजारबाट खसेको बजारले २४४० विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ ।, त्यहाँबाट पनि माथि लागेको बजारले पछिल्लोपटक २ हजार ७९० विन्दु आसपास कडा प्रतिरोध सामाना गरेको देखिन्छ ।
यसरी चलेको बजारलाई चार्टमा रेखा लगाएर नियाल्दा सिमेट्रिकल प्यार्टन बनाएको देखिन्छ । अर्थात बजार एउटा सिमेट्रिकल प्याटर्नभित्र चलेको देखिन्छ । यो भनेको लगानीकर्ताले खास निणर्य गर्न नसकेको भन्ने नै हो । आज २ हजार ७३४ विन्दुमा बन्द भएको बजारले अब कता ब्रेक अप गर्छ भन्ने हालसम्म कुनै प्रष्ट दिशा देखिदैन ।
यदि बजार आगामी दिनमा २ हजार ७९० विन्दुभन्दा माथि जान्छ भने अपर लाइन ब्रेक गरेको मानिने छ । यसले बजारमा अप साइडको सम्भावना अधिक रहन्छ । तर बजार २ हजार ७२० विन्दु भन्दा तल जान्छ भने लोअर लाइन ब्रेक डाउन गरेको मानिने छ ।
जस कारण बजार केही समय डाउन ट्रेन्डमा पनि जान सक्छ । तर अहिले नै बजार प्राविधिक रुपमा कुन दिशामा जान्छ भनेर प्रष्ट रुपमा भन्न नसकिने अवस्था रहेको छ । यद्यपी बजार २७ सय विन्दुभन्दा माथि रहुन्जेल अपर साइडकै सम्भावना अधिक रहन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस होइन ।