काठमाण्डौ । नेप्सेको दैनक चार्टमा आज साताको पहिलो कारोबार दिन ड्रागन फ्लाई डोजी स्टार बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तमि तथा अधकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ड्रागन फ्लाई डोजी बनेको बुझिन्छ । यसले सँम्भावित ट्रेण्ड रिभर्सलको संकेत गर्छ ।
आजको दिनभरको कारोबारमा बजारले न्यूनतम विन्दु १९६१ सम्म आएको र बजार बन्द हुँदा सकारात्मक भएर अन्त्यमा १९७४ मा बन्द हुँदा पुतलीको आकर अर्थात ड्रागन फ्लाई डोजी बनेको हो ।
यदि घट्दो बजारमा यस्तो आकृति बनेमा बजारले माथिको यात्रा तय गर्दै गरेको बुझन्छि । तर, कन्फर्मेसनका लागि बजारले आजको उच्च विन्दु १९८१ भन्दा माथि गएर अब बन्ने क्यान्डल बन्द हुनुपर्ने छ ।
बोलिङगर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्ड अर्थात १९८५ भन्दा माथि बन्द हुनु पर्ने छ । म्याक्डीमा बजार बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक बनेको छ । आरएसआईले २ पटक ५० को तहमा प्रतिरोध सामाना गरेर हाल ४३ को तहमा रहेको छ । आरएसआई पनि ५० भन्दा माथि लाग्नु पर्ने छ । समग्रमा अहिलेको बजारलाई क्याण्डल स्टिक तथा विभिन्न इन्डिकेटरबाट नियाल्दा ठूलो अनिर्णयको संकेत देखिन्छ ।