बुधबार, चैत्र २०,२०८१ 12:43:55
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:43:55
IME remit
Global IME Bank Limited

डाउ थेउरीमा बजारको ‘हायर लो कन्फर्मेसन’, बुल रिभर्सलको संकेत

Hyundai Nepal
डाउ थेउरीमा बजारको ‘हायर लो कन्फर्मेसन’, बुल रिभर्सलको संकेत
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन मात्रै कारोबार भयो । ३ दिनमा बजार २ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६५४.३५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५७.७७ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजारमा ३.४२ अंकको बढोत्तरी आयो ।

अघिल्लो साता ६५.७३ अंकले बजार बढेको थियो  । यो साता ३ कारोबारमा २७ अर्ब ४५ करोडको सेयर कारोबार भयो । अघिल्लो साता ५ कारोबार दिनमा ३६ अर्बबराबरको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता औषत ९ अर्बको कारोबार भयो । यो साता बजार पूँजीकरण ४४ खर्ब ९ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ४४ खर्ब रहेको थियो  । यस हिसाबले यो साता नेप्से सामान्य अंकले बढ्दा बजार पूँजीकरण ९ अर्बले बढ्यो ।  

Shivam Cement
Bizshala
CG Motors

प्राबिधिक पक्षः  

डाउ थेउरीको आधारमाः  

डाउ थेउरी चाल्र्स डाउले सन् १८९६ मा प्रतिपादन गरेको सिद्धान्त हो । उनले यो सिद्धान्तमा बजारको सूचक तथा कम्पनीको मूल्य एउटा निश्चित ट्रेन्ड र दिशा निर्धारणले गर्ने जनाउँछ । जसमा बुल मार्केट र बियर मार्केट भन्ने हुन्छ ।

बुल बजार  

बुल बजारमा पनि तीन वटा फेज हुने गर्छन् । जसले लगानीकर्ताहरुको चालचलनलाई जनाउने गर्छ । यसमा पहिलो भनेको ‘एक्युमुलेसन’ हुन्छ । यसमा कारोबार तथा भोल्युम बढ्ने गर्छ । दोस्रो भनेको ‘पब्लिक पार्टीसिपेशन हुन्छ । यसमा बजारले ठूलो मूभ लिन्छ । तेस्रो भनेको ‘एक्सेस् फेज’ हो । जसमा अनुभवि लगानीकर्ता बजारबाट निस्कन्छ भने नयाँ निरन्तर बजार पस्ने गर्छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बियर बजार  

बियर बजारमा पनि तीन वटै फेज हुने गर्छन् । यसमा पनि लगानीकर्ताको चालचलनलाई नै जनाइन्छ । जसमा पहिलो भनेको ‘डिस्ट्रिब्यूसन’ हो । यसमा विभिन्न सञ्चार माध्यमहरुबाट बजार खस्न थालेको समाचार प्रवाह हुने गर्छन् । दोस्रो भनेको ‘पब्लिक पार्टीसिपेसन’ नै हो । यसमा स्टप लसको लहर चलेको हुन्छ । तेस्रो भनेको प्यानिक अवस्था हो । यो समयमा लगानीकर्ताहरुमा कम्पनीको मुल्य तथा सूचक फर्कने आशा मरेको हुन्छ र लगानीकर्ता बजारबाट हराउने गर्छन् ।  

डाउ थेउरीमा हालको बजारको अवस्था कस्तो ?

हालको अवस्थामा बजार बुल नै हो । एक्यूमुलेसन चलेको देखिन्छ । जसलाई पछिल्लापटक कारोबारमा लगातार कारोबार ८÷९ अर्ब आउनुले बजारमा एक्युमुलेसन चलेको बुझिन्छ । पछिल्लोपटक बजारले २५६० विन्दुमा सपोर्ट बनाए पछि २५८३ विन्दुमा हायर लो र २६६० विन्दुमा हायर हाई र हाल २५८० र २६२६ विन्दुमा हायर लो निश्चित गरेको छ । बजारले नयाँ हायर हाई भने बनाएको अवस्था होइन । तर २६७० विन्दुभन्दा माथि लाग्छ भने नयाँ हायर हाई बन्ने छ र बजार पुनःएकपटक बुलको यात्रामा चल्ने छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल मध्य ब्याण्ड र अपर ब्याण्डको बीचमा चलेको देखिन्छ । म्याक्डीमा यस अघिनै बुलिस चलेको छ । आरएसआईबाट नियाल्दा बजार ओभर बट जोनबाट फर्केर हाल ५७ को तहमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९८३

प्रतिरोध २ – २८८९

प्रतिरोध १–  २७३३

पिभट् प्वइन्टः २६३९

घटेमा सपोर्ट  

सपोर्ट १– २४८२

सपोर्ट २– २३८८

सपोर्ट  ३ –२२३२

निष्कर्षः यो साता नेप्सेमा जम्मा ३ दिन कारोबार भयो । अघिल्लो साता नेप्सेमा करिब ६६ अंकको बढोत्तरी आएको बजारमा यो साता ३.४२ अंकले बढोत्तरी आयो । बजार बढ्दा यो साता औषत कारोबार र भोल्युम पनि बढ्यो । लामो समय साइडवेज बसेको बजारमा यो अघिल्लो साता बुलिस क्याण्डल बन्यो भने यो साता ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले सम्भावित रुपमा बजारले आगामी साताबाट गति लिन सक्ने बुझिन्छ । इन्डिकेटरहरुबाट नियाल्दा पनि बजारमा म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । आरएसआईमा बुलिस डाईभर्जेन्स बनेको देखिन्छ । डाउ थेउरीमा बजारले पछिल्लोपटक हायर हाई र हायर लोका सिरिज बनाउँदै गरको देखिन्छ । यसले सम्भावित रुपमा बजारले बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ ।  

क्षेत्रगत रुपमा बजारलाई हेर्दा यो साता सबै समूहमा हरियाली छायो भने बिकास बैंक , विद्युत तथा अन्य समूहमा लगानीकर्ताहरुको आकर्षण रह्यो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.