बुधबार, चैत्र २०,२०८१ 12:39:11
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:11
IME remit
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर भाउ ‘ओभर बट जोन’ मा, कतिसम्म पुग्ला मूल्य ?

Hyundai Nepal
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर भाउ ‘ओभर बट जोन’ मा, कतिसम्म पुग्ला मूल्य ?
Nabil Bank Limited

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड नेप्सेको लगानी समूहमा सूचीकृत कम्पनी हो ।

यो कम्पनी करिब १० वर्ष पहिले गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य भेट्रान लगानीकर्ताको समूहमार्फत खासगरी जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको हो । यो कम्पनीमा शेष घले, जीवानाथ लामिछाने, अम्बिकाप्रसाद पौडेललगायतका भेट्राल लगानीकर्ताहरुको समूह छ ।  

यो कम्पनीले २७ मेगावटको दोर्दी खोला जलविद्युत कम्पनी, ७३ मेगावटको मिडिल तमोर हाईड्रो प्रोजेक्ट, २८.१ मेगावटको लोअर लिखु, १४.३ मेगावटको माथिल्लो मैलुङखोला जलविद्युत र २१.३ मेगावटको ठूलो खोला जलविद्युत आयोजनामा गरेर १६४ मेगावटका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको देखिन्छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब २२ करोड रुपैंया रहेको छ भने जगेडा कोषमा ८२ करोड ५५ लाख रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कूल पूँजी २ अर्ब ५ करोड रुपैंयाँ रहेको छ । कम्पनीको खूद मूनाफा ४ करोड ३३ लाख रहेको छ भने कम्पनीको प्रतिसेयर आम्दानी १४.१७ रुपैंयाँ रहेको छ भने बुक भ्यालु १६७.४९ र रिर्टन अन इक्विटी ८.४६ प्रतिशत रहेको छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भईसकेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्षः  

इलिअट वेभ  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यस आधारमा यो कम्पनीको सेयर भाउ न्यून विन्दु २७१ देखि ६०८ सम्म वेभ १ , वेभ २ मा करेक्सन भएर ४५८ सम्म आएको देखिन्छ । त्यसैगरि, तेस्रो वेभम बढोत्तरी भएर १०७६ सम्म र हालको बढोत्तरी १२०० विन्दुसम्म हुन सक्ने देखिन्छ । त्यसपछि, एबीसी करेक्सन भएर यो कम्पनीको सेयर भाउ ८ सयसम्म आउन सक्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डसंगै हिँडेको देखिन्छ । यसले कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको दखेन्छि । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम लामा–लामा सकारात्मक नै रहेको छन् । आरएसआई ओभर बट जोन ८२ को तहमा चलको छ । यो भनेको कम्पनीको सेयरमा कुनै पनि समयमा बिक्री दबाब आउन सक्छ भन्ने हो । मनी फ्लो इन्डेक्स पनि ८५ को तह ओभर बट जोनमा पुगेको छ । यस्तो विन्दु अघिल्लोपटक करिब ९५ को तहमा पुगे पछि सेयरको भाउमा गिरावट आएको थियो । यस हिसाबले यो कम्पनीको सेयर भाउ करिब–करिब करेक्सन नजिक पुगेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १२२५

प्रतिरोध २ – ११५५

प्रतिरोध १–  ११०८

पिभट प्वइन्टः १०३८

घटेमा सपोर्ट  

सपोर्ट १– ९९१

सपोर्ट २– ९२०

सपोर्ट  ३ –८७४

निष्कर्षःयो कम्पनी आधारभूत रुपमा ठीकै देखिन्छ । जगेडा कोष अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २ सय प्रतिशतले बढेको छ । त्यसैगरि, खुद मुनाफा र प्रतिसेयर आम्दानी पनि करिब ४ सय प्रतिशले बढको छ । रिर्टन अन इक्विटी २५७ प्रतिशतले बढेको छ । बुक भ्यालुमा पनि बढोत्तरी नै देखिन्छ । प्राविधिक रुपमा इलिअट वेभबाट नियाल्दा पाँचौ वेभमा १२ सयसम्म पुग्न सक्ने र सेयरको भाउले अब केही समयको बढोत्तरी पछि एबीसी करेक्सनको यात्रा लिन सक्ने देखिन्छ । आरएसआई र मनी फ्लो इन्डेक्समा भने कम्पनीको सेयर भाउ ओभर बट जोन नजिक पुगेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.