आईतवार, बैशाख ६,२०८३ 08:31:41
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:31:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर भाउ ‘ओभर बट जोन’ मा, कतिसम्म पुग्ला मूल्य ?

Bizshala
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर भाउ ‘ओभर बट जोन’ मा, कतिसम्म पुग्ला मूल्य ?
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड नेप्सेको लगानी समूहमा सूचीकृत कम्पनी हो ।

यो कम्पनी करिब १० वर्ष पहिले गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य भेट्रान लगानीकर्ताको समूहमार्फत खासगरी जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको हो । यो कम्पनीमा शेष घले, जीवानाथ लामिछाने, अम्बिकाप्रसाद पौडेललगायतका भेट्राल लगानीकर्ताहरुको समूह छ ।  

यो कम्पनीले २७ मेगावटको दोर्दी खोला जलविद्युत कम्पनी, ७३ मेगावटको मिडिल तमोर हाईड्रो प्रोजेक्ट, २८.१ मेगावटको लोअर लिखु, १४.३ मेगावटको माथिल्लो मैलुङखोला जलविद्युत र २१.३ मेगावटको ठूलो खोला जलविद्युत आयोजनामा गरेर १६४ मेगावटका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको देखिन्छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब २२ करोड रुपैंया रहेको छ भने जगेडा कोषमा ८२ करोड ५५ लाख रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कूल पूँजी २ अर्ब ५ करोड रुपैंयाँ रहेको छ । कम्पनीको खूद मूनाफा ४ करोड ३३ लाख रहेको छ भने कम्पनीको प्रतिसेयर आम्दानी १४.१७ रुपैंयाँ रहेको छ भने बुक भ्यालु १६७.४९ र रिर्टन अन इक्विटी ८.४६ प्रतिशत रहेको छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भईसकेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राविधिक पक्षः  

इलिअट वेभ  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यस आधारमा यो कम्पनीको सेयर भाउ न्यून विन्दु २७१ देखि ६०८ सम्म वेभ १ , वेभ २ मा करेक्सन भएर ४५८ सम्म आएको देखिन्छ । त्यसैगरि, तेस्रो वेभम बढोत्तरी भएर १०७६ सम्म र हालको बढोत्तरी १२०० विन्दुसम्म हुन सक्ने देखिन्छ । त्यसपछि, एबीसी करेक्सन भएर यो कम्पनीको सेयर भाउ ८ सयसम्म आउन सक्छ ।  

CG Motors
Garima Development Bank
IME remit

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डसंगै हिँडेको देखिन्छ । यसले कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको दखेन्छि । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम लामा–लामा सकारात्मक नै रहेको छन् । आरएसआई ओभर बट जोन ८२ को तहमा चलको छ । यो भनेको कम्पनीको सेयरमा कुनै पनि समयमा बिक्री दबाब आउन सक्छ भन्ने हो । मनी फ्लो इन्डेक्स पनि ८५ को तह ओभर बट जोनमा पुगेको छ । यस्तो विन्दु अघिल्लोपटक करिब ९५ को तहमा पुगे पछि सेयरको भाउमा गिरावट आएको थियो । यस हिसाबले यो कम्पनीको सेयर भाउ करिब–करिब करेक्सन नजिक पुगेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १२२५

प्रतिरोध २ – ११५५

प्रतिरोध १–  ११०८

पिभट प्वइन्टः १०३८

घटेमा सपोर्ट  

सपोर्ट १– ९९१

सपोर्ट २– ९२०

सपोर्ट  ३ –८७४

निष्कर्षःयो कम्पनी आधारभूत रुपमा ठीकै देखिन्छ । जगेडा कोष अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २ सय प्रतिशतले बढेको छ । त्यसैगरि, खुद मुनाफा र प्रतिसेयर आम्दानी पनि करिब ४ सय प्रतिशले बढको छ । रिर्टन अन इक्विटी २५७ प्रतिशतले बढेको छ । बुक भ्यालुमा पनि बढोत्तरी नै देखिन्छ । प्राविधिक रुपमा इलिअट वेभबाट नियाल्दा पाँचौ वेभमा १२ सयसम्म पुग्न सक्ने र सेयरको भाउले अब केही समयको बढोत्तरी पछि एबीसी करेक्सनको यात्रा लिन सक्ने देखिन्छ । आरएसआई र मनी फ्लो इन्डेक्समा भने कम्पनीको सेयर भाउ ओभर बट जोन नजिक पुगेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.