काठमाण्डौ । अघिल्लो दिन बढेको बजारले आज पनि निरन्तरता पाएको छ । आज पनि बजारमा दिनभर बढेर कारोबार भएको थियो । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा पछिल्लोपटक बजारले २०० दिनको मूभिङ एभरेजमा सपोर्ट लिएर फर्केको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डबाट फर्केर मध्य ब्याण्डतर्फ आकर्षित भएको छ ।
अब बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गर्न सक्छ । म्याक्डीमा यसअघि बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर हाल ४५ को तहमा पुगेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा बजार बिस्तारै सम्हालिन थालेको देखिन्छ ।
मनी फ्लो इन्डेक्सबाट नियाल्दा नेप्से कोभिडपछि करिब ४ बर्ष पछि कै न्यून विन्दु ८ बाट फर्केर २० मा पुगेको छ । यो भनेको ४ वर्ष पनि बजार निकै तीव्र गतिमा घटेर सुधार आएको हो । यस हिसाबले हेर्दा बजार ‘भि सेप’को रिकभरीको तयारीमा समेत रहेको देखिन्छ । यद्यपी यसका लागि आगामी दिनमा भोल्युम तथा कारोबारमा भने सृुधार हुनु पर्नेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।