काठमाण्डौ । आज नेप्सेमा करिब ६० अंकको उतारचढाव आयो । आज बजार भने ४३ अंकले बढेर ३ हजार विन्दुमाथि बन्द भयो । प्रावधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार अपर ब्याण्डसँगै हिड्न थालेको देखिन्छ ।
तर डेली बेसमा आजको बजारलाई नियाल्दा अपर ब्याण्डमा केही शुटिङ स्टार बनेको छ । अर्थात अन्तिम समयमा बिक्री दवाब परको देखिन्छ । बजारलाई म्याक्डीबाट नियाल्दा एमएसीडी लाइन र सिग्नललाइनबीच दुरी बढको छ ।
यसले बजार बुलिस बन्दै गरको देखिन्छ । आरएसआई ओभर बट जोन ८० मा चलेको देखिन्छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । पिभट् प्वइन्ट मार्फत हेर्दा आज तेस्रो प्रतिरोध ३०४६ विन्दुमा सामना गरेको बजारले अब चौथो पतिरोध ३१३६ र ३२४३ विन्दुमा सामना गर्न सक्छ । घटेमा बजारले २९२२ र २८४४ र २८०० विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।