बुधबार, चैत्र २०,२०८१ 07:31:57
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:31:57
IME remit
Global IME Bank Limited

बजारले पटक–पटक २७८० विन्दुमा किन प्रतिरोध सामना गरिरहेको छ ? अबको सम्भावना के ?

Hyundai Nepal
बजारले पटक–पटक २७८० विन्दुमा किन प्रतिरोध सामना गरिरहेको छ ? अबको सम्भावना के ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लोपटक भदौ महिनमा ३ हजारको विन्दुबाट तल खसेको बजारले २४६० विन्दुमा बलियो सपोर्ट लिएको थियो । त्यहाँबाट माथि लागेको बजारले पहिलोपटक २७८० विन्दुमा प्रतिरोध सामना गर्यो ।  

त्यसपछि बजारले आजसम्म गरेर यहि विन्दुमा ४ पटक क्रमशः प्रतिरोध सामना गर्यो । प्राविधिक रुपमा यस्तो अवस्थालाई  ‘बुल रिजेक्सन’ भनिन्छ । अर्थात बजार साइडवेजमा चलेको भन्ने हो । हाल बजारले २६०६ देखि २७८० विन्दुमा साइडवेज चलेको देखिन्छ । यो विन्दुमा धेरैपटक बजारले प्रतिरोध सामना गरेपछि धेरै लगानीकर्ता यसलाई ख्याल गर्दा नै बजार माथि जान नसकेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

अघिल्लोपटक पनि बजारले १८ सय देखि २२ सय सम्मै यस्तै प्रतिरोध सामना गरेको थियो । तर पाँचौपटक बजारले यो विन्दुबाट माथि लागेपछि ३ हजार विन्दुसम्म बजार पुगेको थियो । हालको बजारलाई सूक्ष्म रुपमा डाउ थेउरी मार्फत नियाल्दा भने भने बजारले २४६० देखि २७८० विन्दुसम्म हायर हाई र हायर लो का सिरिज बनाउँदै गरेको कारण बजार बुलिस नै रहेको देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कारोबार तथा भोल्युममार्फत नियाल्दा पनि पछिल्लोपटक बजारमा दैनिक ८–९ अर्बको कारोबार भएको छ । यस कारण कारोबार मार्फत हेर्दा पनि बजार मजबुत नै रहेको छ । यद्यपी बजार बुल नै जान भने आगामी कारोबारमा यो विन्दुलाई बजारले कारोबार तथा भोल्युममार्फत ब्रेक आउट गर्नुपर्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.