शनिबार, असार २१,२०८२ 08:41:31
  • शनिबार, असार २१,२०८२ 08:41:31
Global IME Bank Limited

सीआइटीको सेयरमा म्याक्डीमा बुलिस क्रसओभर, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
सीआइटीको सेयरमा म्याक्डीमा बुलिस क्रसओभर, अबको सम्भावना  कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) २०४७ सालमा स्थापित अर्ध सरकारी कम्पनी हो । यो कम्पनी पछि २०४८ सालमा औपचारिक रुपमा सञ्चालनमा आएको थियो । सीआईटीले पेन्सन फण्ड  योजना, म्युचुअल  फण्ड योजना , स्वैच्छिक पेन्सन फण्ड योजना ,पूँजीबजारमा लगानी योजना र आफ्नै ब्रोकिङ स्टक डिलर जस्ता योजना तथा सेवाहरु प्रदान गरिरहेको छ । नेप्सेले यो कम्पनीलाई लगानी क्षेत्रमा राखेको छ । कम्पनीमा ८० प्रतिशत संस्थापक समूह र २० प्रतिशत सर्वसाधरण समूहको सेयर स्वामित्व रहेको छ ।  

आधारभूत  पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ५ अर्ब ३१ करोड ३५ लाख रुपौयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ४४ करोड १५ लाख रुपैयाँ रहेको छ । यससँगै कम्पनीको कुल पूँजी ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । दोस्रो आर्थिक वर्षसम्म कम्पनीको खुद मुनाफा ५४ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २०.५५ रुपैयाँ छ । यो भनेको अघिल्लो आर्थिक वर्र्षको तुलनामा १५ प्रतिशतले कम हो । कम्पनीको बुक भ्यालु १६५ रुपैयाँ रहेको छ भने कम्पनीको रिर्टन अन इक्विटी १२.४५ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलानामा सामान्य बढोत्तरी हो । कम्पनीको १० वर्षको औषत लाभांशदर २६.३ प्रतिशत रहेको छ । यसमा बोनस सेयरको हिस्सा धेरै छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड मिटरमा यो कम्पनी स्ट्रङ वियरिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको लगानीकर्ता निकै डराएका छन् भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य २६६९ रुपैयाँ रहेको छ भने न्यून मूल्य १८५२ रुपैयाँ रहेको छ । आजको कारोबार दिनसम्म दोस्रो बजारमा यो कम्पनीको सेयर भाउ २१८१ रहेको छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र  आरएसआई  

बोलिङगर ब्याण्डको आधारमा यो कम्पनीमा आज बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसको साथै मूल्य रेखा अपर ब्याण्ड भन्दा माथि पुगेको छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक बनेको छ । यसले कम्पनीको सेयर बढ्न सक्ने संकेत गर्छ । आरएसआइ पनि ओभर सोल्ड जोन नजिकबाट बढेर हाल ६२ को  तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा यो कम्पनीको सेयर भाउमा खरिद चाप परेको देखिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट् विश्लेषणमा सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२३०४

प्रतिरोध २ –२२४४

प्रतिरोध १– २१६०

पिभट प्वइन्टः २१००

घटेमा सपोर्ट  

सपोर्ट १– २०१६

सपोर्ट २– १९५६

प्रतिरोध ३ –१८७२

निष्कर्षः   आधारभूत पक्षबाट नियाल्दा कम्पनीले पछिल्लो वर्षमा रिर्टन अन इक्विटी र जगेडा कोषमा प्रगति गरेको देखिन्छ । अर्थात बढ्दो क्रममा रहेको देखिन्छ । जगेडा कोषमा करीब ६० प्रतिशतले बढोत्तरी आएको छ । बुक भ्यालुमा भने सामान्य गिरावट आएको छ । कम्पनीले प्रतिसेयर आम्दानीमा पनि प्रगति गरेको देखिन्छ । कम्पनीको चुक्तापूँजी बढ्दा पनि खुद मुनाफामा भने सामान्य वृद्धि भएको देखिन्छ । प्राविधिक रुपमा पनि यो कम्पनीमा म्याक्डीमा बुलिस क्रसओभर बनेको देखिन्छ । आरएसआई पनि ६० को तहबाट माथि लागेको छ । इन्डिकेटरबाट हेर्दा यो कम्पनीमा बाई कन्फरमेसन दिएको देखिन्छ । इन्डिकेटरबाट नियाल्दा सुपर ट्रेन्डले पनि यो कम्पनीमा खरिद कन्फरमेसन दिएको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.