काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिनमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ८१८.४३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७३६.४८ को विन्दुमा बन्द भयो ।
यस हिसाबले यो साता ८१.९५ अंकले बजारमा गिरावट आयो । अघिल्लो साता भने बजार करिब ४ अंकले बढेको थियो । यो साता ४ दिनको कारोबारमा ३५ अर्ब ९ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता ६२ अर्ब ५५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुवै घट्यो । यो साता बजार पूँजीकरण ४५ खर्ब ४३ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४६ खर्ब ७९ अर्ब रहेको थियो । यस हिसावले यो साता बजार घट्दा लगानीकर्ताको सम्पत्ति १ खर्व ३६ अर्बले घटेको छ ।
प्राविधिक पक्षः
क्याण्डल स्टिकको आधारमा
क्याण्डल स्टिकको बिकास १८ औ शताब्दीमा जापानमा भएको हो । यसको बिकास र प्रयोग जापानका एक धान व्यापरिले गरेका थिए । क्याण्डल स्टिकको विश्लेषणबाट कम्पनी तथा सूचकको हाल बनेको क्याण्डलको आधारमा भविष्यको दिशा निर्धारण गर्ने गरिन्छ । यसमा सिंगल क्याण्डल , डबल क्याण्डल र ट्रिपल क्याण्डल स्टिकको माध्यमबाट भविष्यको दिशा विश्लेषण गरिन्छ ।
नेप्सेमा बनाएको पछिल्लो तीन साताको ट्रिपल क्याण्डल स्टिक प्याटर्नबाट नियाल्दा नेप्सेमा प्रष्ट रुपमा शुटिङ स्टार भ्यालिड बनेको देखिन्छ । यसमा पहिलो क्याण्डल बुलिस बनेको छ भने दोस्रो क्याण्डल माथि लामो धागो सहितको क्याण्डल बनेको दखिन्छ । त्यसपछिको क्याण्डल बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।
जसले शुटिङ स्टारलाई भ्यालिड बनाएको छ । यसले सम्भाबित रुपमा आगामी दिनको बजार करेक्सनको बाटोमा रहेको जनाउछ ।
इचिमोकू
इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानका नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।
अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ ।
यस आधारमा हालको बजारलाई नियाल्दा बजार पछिल्लो ६ महिना साइडवेजमा चलेको देखिन्छ । मूल्य रेखाहरु क्लाउडको पोजिसन भन्दा माथि नै चलेका छन । तर मूल्य रेखाहरु बेसलाइन र कन्भर्जन लाइन भन्दा तल खसेको अवस्था छ । यस इन्डिेकेटरबाट नियाल्दा बजारले अप ट्रेन्ड लिने प्रयास गरेको तर त्यो टिक्न नसकेको अवस्था देखिन्छ ।

५० दिने मूभिङ एभरेजको आधारमा
मूभिङ एभरेज भनेको सेयर तथा सूचकको अन्तिम मूल्य वा विन्दुलाई मूभ गर्दै एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यो विधिमार्फत बजारमा विशेषगरी ५ दिने र २० दिने ५०, दिने र २०० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ । छोटो सयमको उतारचढाव निकाल्न छोटो नै अवधि र लामो समयको उतारचढाव हेर्न लामो नै समयको प्रयोग गरिन्छ । यो विधि पूँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ ।
यो रेखाको आधारमा हाल बजार बुलिस नै देखिन्छ । मूल्य रेखा ५० दिने मूभिङ एभरेज भन्दा माथि नै रहेको छ । अर्थात बजार आगामी कारोबारमा २६९० विन्दुभन्दा माथि रहन्छ भने पनि बजार बुलिस नै हो ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ –३०३९
प्रतिरोध २ – २९३३
प्रतिरोध १–२८७५
पिभट् प्वइन्टः२७६८
घटेमा सपोर्ट
सपोर्ट १– २७०८
सपोर्ट २– २६०२
सपोर्ट ३ –२५४३

पिभट् प्वइन्टः
निष्कर्षः अघिल्लो साता झिनो अंकले बढेको बजारमा यो साता करिब ८२ अंकले गिरावट आयो । बजारलाई बिभिन्न इन्डिकेटर इचिमोकू , मुभिङ एभरेज क्याण्डल स्टिकबाट नियाल्दा अल्पकालिन करेक्नस देखिन्छ भने मुभिङ एभरेजबाट नियाल्दा दीर्घकालिन रुपमा भने बुलिस नै देखिन्छ । यो साताको ४ कारोबारमा बजारमा दैनिक औषत कारोबार ९ अर्ब मात्रै आएको छ । यो भनेको यो साता बजार कारोबारमा केही कमजोर बनेको छ । यदि आगामी कारोबारमा पनि बजारमा भोल्युम र कारोबारले साथ दिएन भने बजार केही समय साइडवेज पनि जान सक्छ । किनकी अघिल्लो साता एकै दिन झण्डै १४ अर्व कारोबार भएको बजारमा यो साता कारोबार १० अर्बबाट तल झरेको छ । यसर्थ बजार बुल जानको लागि दैनिक कारोबार १२ देखि १५ अर्वको आउनु पर्ने देखिन्छ । अर्थात बजारलाई कारोबारको साथ आबश्यक देखिन्छ । तर दैनिक कारोबार घट्दै गएमा भने बजार साइडवेजमा चल्न पनि सक्छ ।
क्षेत्रगत रुपमा यो साता सबै समूहमा राताम्मे भयो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।