काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा ९ अंकले घटर बन्द भयो । तर बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएको बजारले आज एक महिनापछि म्याक्डीमा भने वियरिस क्रसओभर बनाएको छ । योसँगै आज हिस्टोग्राम पनि नेगेटिभ बनाएको छ । यसले बजारमा करेक्सन अझै नसकिएको बुझिन्छ ।
तर बजारमा धेरै ठूलो उतारचढाव हुने सम्भावना भने देखिदैन । यसअघि बजारले असोज १६ गते बुलिस क्रसओभर बनाएको थियो । त्यसपछि आज वियरिस क्रसओभर बनेको छ । बोलिङ्गर ब्याण्डमा भने बजारले मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । आरएसआईबाट नियाल्दा आज बजार न्यूट्रल जोन ५० बाट तल खसेको छ । यसकारण समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा अझै केहीदिन सामान्य नाफा बुक चल्न सक्छ । क्याण्डल स्टिकबाट नियाल्दा पछिल्लो समय बजारमा छोटा–छोटा क्याण्ल बनेको कारण बजारमा अब ठूलो उतारचढाब भने नहुन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।