काठमाण्डौ । साताको पहिलो कारोबारमा नेप्से परिसूचक करिब ३३ अंकले घट्यो । यो सँगै नेप्सेमा आज बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार तल्लो ब्याण्ड संगै हिड्न थालेको छ ।
लामो समय मध्य ब्याण्डमा साइडवेज चलेको बजारले आजबाट भने प्रष्ट रुपमा दिशा तय गरेको देखिन्छ । म्याक्डीमा पनि बियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ३५ को तहमा पुगेको छ । मनी फ्लो इन्डेक्स पनि २४ को तहमा आएको देखिन्छ । आज बजार घट्दा कारोबार पनि घटेको छ । यद्यपी कारोबार २० दिनको औषत कारोबारबराबर नै देखिन्छ । आज २६ सय विन्दुबाट तल खसेको बजारले नजिकको सपोर्ट २५८० विन्दु आसपासमा लिन सक्छ । यदि त्यहाँबाट पनि तल खसेमा भने बजारले केही थप अंक गुमाउन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।