मंगलवार, फाल्गुन ५,२०८२ 03:58:43
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:58:43
Bizshala
Global IME Bank Limited

अरुण भ्यालीको सेयर बुलिस सेन्टिमेन्टमा, सेयरभाउ बढेमा रु.४०० सम्म पुग्न सक्ने

अरुण भ्यालीको सेयर बुलिस सेन्टिमेन्टमा, सेयरभाउ बढेमा रु.४०० सम्म पुग्न सक्ने
Shivam Cement

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी नेपालको पुरानो जलविद्युत कम्पनीमध्ये एक हो । यो कम्पनी सन् १९९८ मा स्थापना भएको हो । पछि सन् २००५ मा यो कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा परिणत भएको थियो ।  

सोही समयमा कम्पनीले ८४ रुपैयाँ प्रिमियम थप गरेर १८४ रुपैयाँमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले हाल अपी हाइड्रो, रिडी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, अरुण काबेलीलगायतको कम्पनीहरुमा लगानी गरेको छ।

आधारभूत पक्षः  

यस आर्थिक बर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्ता पूँजी ३ अर्ब ७३ करोड करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २५ करोड ५२ लाख रुपैयाँ रहेको छ भने कूल पूँजी ३ अर्ब ९९ करोड रहेको छ । पहिलो त्रैमासमा कम्पनीको खूद नाफा ११ करोड ३२ लाख रुपैंया रहेको छ । त्यसैगरि, कम्पनीको प्रतिसेयर आम्दानी १२.१२ रुपैयाँ रहेको छ भने बुक भ्यालु १०६.८३ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ११.३५ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३०० प्रतिशत बढी हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा हाल यो कम्पनीको सेयर भाउ बुलिस सेन्टिमेन्टमा देखिन्छ । यदि फियर एण्ड ग्रिड इन्डेक्समा ६० भन्दा माथि लोगेमा बुलिस, ८० भन्दा माथि लागेमा स्ट्रङ बुलिस र २० भन्दा तल भएको खण्डमा स्ट्रङ वियरिस भन्ने बुझिन्छ । हाल यो कम्पनीको सेयर भाउ फियर एण्ड ग्रिड इन्डेक्समा ६० भन्दा माथि रहेकोेले बुलिस सेन्टिमेन्टमा चलेको भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ३४० रुपैयाँ र न्यून मूल्य १४० रुपैयाँ रहेको छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा प्रणिरत भईसकेको छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा चलको छ । आज अपर ब्याण्डमा माथि लामो धागो सहितको क्याण्डल बनेको छ । यसले कम्पनीको सेयर भाउमा केही नाफा बुक पनि चलेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ६५ को तहमा चलेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरले यो कम्पनीको सेयर अप ट्रेन्डमा चलेको देखिन्छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३२८

प्रतिरोध २ – ३०८

प्रतिरोध १–  २९१

पिभट् प्वइन्टः २७२

घटेमा सपोर्ट  

सपोर्ट १– २५५

सपोर्ट २– २३५

सपोर्ट  ३ –२१८

निष्कर्षः  आधारभूत रुपमा हेर्दा पछिल्लो त्रैमासिक प्रतिवेदनमा कम्पनीको वित्तीय अवस्था सुधार भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी ३१० प्रतिशतले , रिर्टन अन इक्विटी ३०० प्रतिशत , खूद मूनाफा ७२० प्रतिशत र जगेडा कोष २३१ प्रतिशतले बढेको छ ।  

प्राविधिक रुपमा कम्पनीको सेयर मूल्यले बनाएको चक्रलाई इलिअट वेभ मार्फत नियाल्दा हालको चक्र पूरा गर्दा कम्पनीको सेयर भाउ हाल २९९ रुपैयाँ रहेको र यो ४०० रुपैयाँ भन्दा माथि पुग्न सक्ने देखिन्छ । फियर एण्ड ग्रिड इन्डेक्समा हाल यो कम्पनीको सेयरभाउ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ भने अन्य इन्डिकेटरमा पनि बुलिस नै देखिन्छ । क्याण्डल स्टिकबाट नियाल्दा भने यस कम्पनीमा आज सामान्य नाफा बुक पनि चलेको छ । कम्पनीको सेयर भाउ बढ्दा भोल्युम पनि बढेको कारण पनि यो कम्पनी बुलिस यात्रामा चलेको भन्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.