काठमाण्डौ । आज सेयरबजारमा दिनभर बिक्री दबाब परेको थियो । आज बजार करिब १७ अंकले घटेर बन्द भएको थियो । आज बजार घट्दा अघिल्लो दिनको तुलनमा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा तीन दिन लगातार बढेको बजारमा आज करेक्सन आएको छ ।
अर्थात बजारले डाउ थेउरीमा यो साता एउटा हायर हाई बनाए पछि आज हायर लो बनाउन घटेको देखिन्छ । यो भनेको आवरली बेसमा आज २६७६ विन्दुमा बन्द भएको बजार मध्य ब्याण्ड अर्थात २६४५ विन्दुसम्म आउछ भने पनि त्यो स्वाभिवक करेक्सन नै हुने छ । त्यसपछि बजारले नयाँ हाई बनाँउदै पछिल्लोपटकको करेक्सनको ६० प्रतिशत हुन आउने करिब २८ सय आसपास बजार पुग्न सक्छ ।
आज बजार घट्दा कारोबार पनि घटेको देखिन्छ । यस हिसाबले बजारमा बिक्रीकर्ता खासै हाबी नभएको देखिन्छ । यस हिसाबले आजको करेक्सनलाई प्राविधिक रुपमा सामान्य र स्वाभाकि करेक्सन मान्न सकिन्छ । पिभट् मार्फत नियाल्दा यदि आगामी दिनमा पनि बजार घटेमा २६३७, २६०५, २५५० विन्दुमा सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा भने बजारले २६९५, २७२६ र २७८५ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।