काठमाण्डौ । आज दिनभर बजारमा तीव्र उतारचढाब देखियो । सेयर बजारमा आज ९६ अंकको उतारचढाब देखियो । नेप्से आज २७४५ विन्दुसम्म पुगेर पुनः घटेर बन्द भएको छ । आजको बजारलाई बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनेको छ ।
यसले घट्दो बजारलाई संकेत गर्छ । यद्यपी यो क्याण्डल आज नै भ्यालिड भने भएको अबस्था भने होइन । यदि आगामी दिनमा यो क्याण्डल भ्यालिड नै हुन्छ भने त्यो मध्य ब्याण्डसम्म पनि आउन सक्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा बजार पछिल्लो २ करोबारमा २० दिने मूभिङ एभरेज भन्दा तल भएको छ ।
यसले बजारले माथिको यात्रा तय गर्न नसकेको संकेत गर्छ । यदि बुल बजार भएको खण्डमा बजारमा प्रायः २० दिनको औषत कारोबार रेखा भन्दा माथि कारोबार आउने गर्छ । म्याक्डीमार्फत नियाल्दा यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । यद्यपी आज हिस्टोग्राम केही फिक्का बनेको छ । आरएसआई भने न्यूट्रल जोनबाट माथि लागेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा हालको बजार बुल नै रहेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।