बुधबार, चैत्र २०,२०८१ 07:38:33
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:38:33
IME remit
Global IME Bank Limited

बोलिङ्गरको अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
बोलिङ्गरको अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्सेमा तीव्र उतारचढाव देखियो । आजको दिनभरको कारोबारमा नेप्सेमा करिब ७८ अंकको उतारचढाव देखियो । प्राविधिक रुपमा आज बजारले बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लियो भने अपर ब्याण्डमा प्रतिरोध सामना गरेको छ ।  

यसअघि पनि नेप्सेले अघिल्लो साता अपर ब्याण्डमा नै प्रतिरोध सामना गरेको थियो । कारोबार तथा भोल्युमबाट नियाल्दा भने आज बजारमा पछिल्लो १२ कारोबार पछि कै उच्च कारोबार भएको छ । यस हिसाबले कारोबारबाट हेर्दा बजार बुलिस बन्दै गरेको देखिन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

म्याक्डीमा यस अघिनै बजार बुलिस बनेको देखिन्छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन नजिक करिब ६८ को तहमा पुगेको छ । आज २ हजार ७५५ विन्दुमा बन्द भएको बजारले यस अघि पटक–पटक २ हजार ७८० विन्दुमा प्रतिरोध सामना गरेको देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस हिसाबले यदि आगामी कारोबारमा बजार २८ सय विन्दुमाथि लागेमा अप ट्रेन्ड लिन पनि सक्छ । क्याण्डल स्टिकबाट नियाल्दा भने आज बजारमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । पिभट् मार्फत नियाल्दा अब बजारले क्रमश ः २७७५,२८०७ र २८५६ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि, घटेमा भने बजारले २७२५ , २६९३ र २६४४ विन्दुमा सपोर्ट लिन सक्छ । हाल अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजार यदि आगामी कारोबारमा अपर ब्याण्डसँगै हिड्न थालेमा माथिको यात्रा तय गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.