काठमाण्डौ । मंगलबार पनि बजार २८ अंकले बढेर बन्द भयो । यो संगै नेप्सेमा पछिल्लो पटकको न्यून विन्दुबाट करिव ६७ अंकले सुधार आएको छ । प्राविधिक रुपमा आज नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।
यसले बढ्दो बजारलाई संकेत गर्छ । यदि तलमाथि कुनै पनि धागो बिनाको हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुुजु क्याण्डल भनिन्छ । पछिल्लो समय नेप्सेको चार्टमा लामालामा हरिया क्याण्डल बनेका छन् ।
यसले बजारमा बढोत्तरी आँउदै छ भन्ने बुझिन्छ । कारोबारको आधारमा हेर्दा पनि विस्तारै भोल्युम तथा कारोबार बढेको देखिन्छ । आरएसआई ओभर सोल्ड जोन नजिकबाट फर्केर हाल न्युट्रल जोन भन्दा माथि लागेको छ ।
निरन्तर बढेको बजारलाई नियाल्दा आगामी दिनमा बजारले नजिकको प्रतिरोध २०४० आसपास लिन सक्छ । त्यहाँबाट पनि माथि लाग्छ भने बजारले २११० आसपास अर्को मूख्य प्रतिरोध सामाना गर्न सक्छ । घटेमा भने बजारले २ हजार र १९८० आसपास सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस होइन ।