• मंगलवार, श्रावण २७,२०८२ 10:35:50
Global IME Bank Limited

के बजारले ५० दिने मूभिङ एभरेजको रेखामा बलियो सपोर्ट लिँदै गरेको हो ?

Hyundai Nepal
के बजारले ५० दिने मूभिङ एभरेजको रेखामा बलियो सपोर्ट लिँदै गरेको हो ?
Shivam Cement

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको छ । आज बजार २८ सयको विन्दुभन्दा तल खसेर बन्द भएको छ । बजार घट्दा आज कारोबार भने एक महिना पछि कै न्यून भएको छ ।  

यसअघि गत असार २४ गते साढे ६ अर्बको कारोबार भएको थियो । त्यसपछि आज त्यहीबराबर कारोबार भएको छ । मूभिङ एभरेज रेखाबाट नियाल्दा नेप्से करिब ५० दिने मूभिङ रेखा नजिक आएको छ । मूभिङ एभरेज रेखाले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोधको काम गरेको हुन्छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यस हिसाबले बजार ५० दिने मूभिङ एभरेज रेखाको विन्दु अर्थात २७५२ को विन्दुमा रहेको देखिन्छ । म्याक्डीबाट नियाल्दा यस अघि नै बियरिस क्रसओभर बनेको देखिन्छ भने हिस्टोग्राम पनि नेगेटिभ र लामा–लामा हुँदै गएका छन् ।  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्डबाट तल खसेको बजारले अब तल्लो ब्याण्डमा सपोर्ट लिन सक्ने देखिन्छ । त्यो भनेको पनि २७५० को आसपासकै विन्दु हो । मनी फ्लो इन्डेक्सबाट नियाल्दा हाल बजार ३२ को तहमा आएको देखिन्छ ।  

घट्दो बजारमा यस्तो विन्दु २० भन्दा तल पनि आउन सक्छ । यस हिसाबले हालको करेक्सनसँगै केही समयको निरन्तरता पछि बजारले युटर्न लिन पनि सक्छ । तर यसका लागि हालसम्म कुनै पनि संकेत भने बजारमा देखिएको छैन ।  

नोटः सेयर बजारमा लगानी जोखमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.