काठमाण्डौ । आजको बजारमा कारोबारको सुरुवाति एक घण्टा बजार बढेको थियो । आज बजार बढेर २ हजार १०९ बिन्दुसम्म पुगेको बजार करिव १० अंकले घटेर अन्त्यमा २ हजार ८५ को बिन्दुमा बन्द भयो ।
प्राविधिक रुपमा डेलीबेसमा आजको बजारलाई हेर्दा बोलिङगरको मध्य ब्यान्डमा प्रतिरोध सामाना गरेको देखिन्छ । बोलिङगर ब्यान्डमा नै आवरली बेसमा हेर्दा अपर ब्यान्डमा छोएर मध्य ब्यान्ड अर्थात २ हजार ८५ मा सपोर्ट लिएको देखिन्छ । आज अन्तिम समयमा बजार घट्दा कारोबार बढेको छ । यसले लगानीकर्ताहरुले केही नाफा बुक गरेको पनि देखिन्छ । म्याक्डी मार्फत हेर्दा करिब–करिब वियरिस क्रसओभर नजिक बजार पुगेको देखिन्छ ।
तर यस्तो भईसकेको अवस्था भने होइन । हिस्टोग्राम सकरात्मक नै छन् । तर छोटा–छोटा हुँदै गएको अबस्था छ । आरएसआई पनि ६६ बाट खसेर हाल ४७ को न्युट्रल जोनमा रहेको छ । सम्रगमा तीन वटै इन्डिकेटरबाट हेर्दा अल्पकालको लागि बजारमा केही करेक्नस चल्दै गरेको देखिन्छ ।
आगामी दिनमा यदि बजार २ हजार ८० को बिन्दु बाट तल झरेमा २ हजार ६० मा बलियो सपोर्ट लिन सक्ने देखिन्छ । त्यसैगरी बढेमा भने २ हजार १०८ मा प्रतिरोध समाना गर्न सक्ने देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिसका लागि भने होइन ।