काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार २७ अंकले घटेको छ । आज बजारमा ३ अर्ब ७७ करोड रुपैयाँबराबरको भएको छ । यसलाई कारोबारको हिसाबले राम्रै मान्न सकिन्छ । प्राविधिक रुपमा आज बजारमा ग्याप डाउन ओपनिङसहित वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । सुपर ट्रेन्ड मार्फत आजको बजारलाई हेर्दा ५ महिना पछि वियरिस बनेको छ ।
यदि सुपर ट्रेन्डमा मूल्य रेखाहरु ट्रेण्डलाईन भन्दा तल खसेमा वियरिस र ट्रेण्ड लाइनभन्दा माथि लागेमा बुलिस भन्ने बुझाउँछ । आज बजार २ हजार ६० को मनोबैज्ञानिक विन्दुभन्दा तल पनि खसेको छ । यस अघि बजार गत असोज १८ गते सुपर ट्रेण्डबाट तल खसेको थियो । त्यसको २ महिना पछि मंसिर २५ गते मात्रै बजर पुनः सुपर ट्रेण्डबाट माथि लागेको थियो । तर आज बजार पुनः २ महिनाको अन्तरालमा वियरिस निश्चित गरेको छ । बजारलाई डाउ थेउरीबाट हेर्दा पनि आज नयाँ लोवर लो बनाएर वियरिस निश्चित गरेको हो ।
डाउ थेउरी र सुपर ट्रेन्ड जस्ता दुवै इन्किेटरबाट अब बजार केही समय साइडवेज चल्न सक्ने देखिन्छ । बोलिङगर ब्याण्ड मार्फत बजारलाई हेर्दा आज तल्लो ब्याण्डमा वियरिस मारुबुजु क्याण्डल बनेको छ । म्याक्डी मार्फत हेर्दा कही समय पहिले बियरिस क्रसओभर बनेको बजारमा हिस्टोग्राम नेगेटिभ र लामा–लामा बनेका छन् । आरएसआई ४० को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजार बिक्री दवाब परेको देखिन्छ ।
पिभट् मार्फत बजारको सपोर्ट हेर्दा आज बजारले पहिलो सपोर्ट २०४२ लाई ब्रेक डाउन गरेको छ । अब दोस्रो सपोर्ट २०२२ र तेस्रो सपोर्ट १९८८ मा देखिन्छ । त्यसैगरि बढेमा भने बजारले क्रमशः २०७५,२०९५ र २१३० मा प्रतिरोध सामाना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।