बुधबार, चैत्र २०,२०८१ 07:45:26
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:45:26
IME remit
Global IME Bank Limited

२६६० को विन्दुमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
२६६० को विन्दुमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा करिब १२ अंकले घटेर बन्द भएको छ । आज बजार घट्दा कारोबार पनि घटेको छ । यसले बजारमा घटेर सेयर बेच्न नचाहेको भन्ने बुझिन्छ ।  

पछिल्लोेपटकको बजारलाई सपोर्ट एण्ड रेसिस्टेन्सबाट नियाल्दा २६६० देखि २७८० विन्दुबीचमा चलेको देखिन्छ । अर्थात बजारले अपर ट्रेन्डलाई ब्रेक गरेर माथि जान पनि सकेको देखिदैन भने लोअर ट्रेन्डलाई ब्रेक डाउन गरेता पनि यस अघिको  २६६० विन्दुमा सपोर्ट लिएको देखिन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

आजको बजारलाई नियाल्दा यो विन्दुमा सपोर्ट लिएर बजारले माथिको यात्रा तय गरेको देखिन्छ । अर्थात आज यो विन्दुमा आवरली बेसमा ट्वीजर बटम बनाएको देखिन्छ । अघिल्लोपटक सपोर्ट लिएको बजारले यो विन्दुमा आज पनि बलियो सपोर्ट लिएको छ । एक घण्टाको समय अवधिबाट नियाल्दा मनी फ्लो इन्डेक्स र आरएसआई पनि ओभर सोल्ड जोनमा पुगेको देखिन्छ । यसकारण सम्भावित रुपमा बजारमा अल्पकालिन रुपमा बाउन्स लिन सकिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरि, फिवोनासी सिरिजअन्तगर्त पाँचौ दिनमा बजारले बढोत्तरी लिन पनि सक्छ । यसरी आएको बढोत्तरीमा बजारले २७०० विन्दुमाथि भोल्युमसहित टिकेको खण्डमा अप ट्रेन्डको सम्भावना रहन्छ । तर २६६० विन्दुबाट तल खसेको खण्डमा भने बजारले अझै केही अंक गुमाउन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.