बुधबार, चैत्र २०,२०८१ 12:22:45
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:22:45
IME remit
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरभाउ बुलिस सेन्टिमेन्टमा, बढेमा कतिसम्म पुग्ला ?

Hyundai Nepal
एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरभाउ बुलिस सेन्टिमेन्टमा, बढेमा कतिसम्म पुग्ला ?
Nabil Bank Limited

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड नेप्सेको लगानी समूहमा सूचीकृत कम्पनी हो । यो कम्पनी करिब १० वर्ष पहिले गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य लगानीकर्ताको समूहमार्फत स्थापना भएको हो । यो कम्पनीको स्थापना विशेष गरी जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्देश्यले भएको हो ।  

यो कम्पनीले २७ मेगावटको दोर्दी खोला जलविद्युत कम्पनी, ७३ मेगावटको मिडिल तमोर हाइड्रो प्रोजेक्ट, २८.१ मेगावटको लोअर लिखु, १४.३ मेगावटको माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी ,२१.३ मेगावटको ठूलो खोला जलविद्युत आयोजनामा गरेर १६४ मेगावटका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

आधारभूत पक्षः  

कम्पनीको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब २२ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ८२ करोड ५५ लाख ७१ हजार रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कुल पूँजी २ अर्ब ४ करोड रुपैयाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनीको कूल पूँजी ३ करोड ३३ लाख रुपैयाँ र प्रतिसेयर आम्दानी १४.१७  रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १६७.४९ रुपैंया र रिर्टन अन इक्विटी ८.४६ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्ष  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यस आधारमा कम्पनीको सेयर भाउलाई पछिल्लोपटकको न्यून विन्दु २७५ देखि नियाल्दा वेभ १ मा २७५ देखि ५९२ सम्म , वेभ २ मा करेक्सन् भएर ४६० सम्म , वेभ ३ मा बढोत्तरीका साथ १०४१ सम्म र वेभ ४ मा पुन करेक्सन भएर ८५१ रुपैयाँ , वेभ ५ मा १२०५ सम्म यस कम्पनीको सेयर भाउ पुगेको देखिन्छ । हाल कम्पनीको सेयर भाउमा बी वेभको बढोत्तरी चलेको सम्भावना रहन्छ ।  

बैकल्पिक रुपमा यदि हालको बढोत्तरी ‘एबीसी’ नभएर पाँचौ वेभको बढोत्तरी भएको खण्डमा भने सेयरको भाउ १४ सय सम्म पुगेर करेक्सन देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यस कम्पनीको सेयर भाउ हाल साप्ताहिक रुपमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य ११८२ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४८६ रुपैयाँ रहेको छ । यस कम्पनीको सेयर सर्वसाधारणमा शतप्रतिशत परिणत भईसकेको छ । यो कम्पनीको सेयर ब्रोकर नम्बर ५८,७७, र ६६ बाट उच्च होल्डिङ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर मुल्य आज अपर ब्याण्डमा उच्च भोल्युमका साथ शुटिङ स्टार बनाएको छ । यसले कम्पनीको सेयर भाउमा नाफा बुक हुँदै गरेको सम्भावना पनि देखिन्छ । म्याक्डीमा यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक र लामा– लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ६८ मा चलको छ । यसअघि ८० को तहमा पुगेर खसेको थियो । यस आधारमा यस कम्पनीको सेयरमा बियरिस डाइभर्जेन्स बन्दै गरेको सम्भावना देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १२०२

प्रतिरोध २ – ११५५

प्रतिरोध १–  ११३५

पिभट् प्वइन्टः १०७३

घटेमा सपोर्ट  

सपोर्ट १– १०३६

सपोर्ट २– ९९०

सपोर्ट  ३ –९५६

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी सानो पूँजी भएको लगानी समूहको कम्पनी हो । कम्पनीको प्रतिसेयर आम्दानी १४.१७ रुपैयाँ रहेको छ भने रिर्टन इक्विटी ८.४६ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक बर्षको तुलनामा २५७ प्रतिशत बढी हो । कम्पनीको बुक भ्यालु १६७.४९  रुपैयाँ रहेको छ ।  

यस हिसाबले यो कम्पनी आधारभूत रुपमा भने ठीकै देखिन्छ । प्राविधिक रुपमा फियर एण्ड ग्रिडमा भने यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यद्यपी अन्य इन्डिकेटरबाट नियाल्दा करिब ओभर बट जोन नजिक पुगेको देखिन्छ । इलिअट वेभको आधारमा नियाल्दा यो कम्पनीको सेयर यदि पाँचौ वेभ एक्सटेन्डेड् भएको खण्डमा १४ सय सम्म पुग्न सक्छ । तर यसको लागि अघिल्लो उच्च विन्दु १२ सय भन्दा माथि सेयरको भाउ जानुपर्ने हुन्छ । अन्यथा आजको उच्च विन्दुनै अन्तिम पनि हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.