सोमबार, मंसिर ८,२०८२ 12:59:46
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 12:59:47
IME remit
Global IME Bank Limited

इलिअट वेभबाट नियाल्दा रिडीको सेयरमूल्य ४०० रुपैयाँसम्म पुग्नसक्ने

Hyundai Nepal
इलिअट वेभबाट नियाल्दा रिडीको सेयरमूल्य ४०० रुपैयाँसम्म पुग्नसक्ने
Shivam Cement

काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलार ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावाटको सोलार पावर पनि सञ्चालित छ।  

कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माण गरिरहेको छ ।

CG Motors
New Office
Garima Development Bank

आधारभूत पक्ष 

यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ३ करोड ६९ लाख रुपैयाँ छ । यो भनेको अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ९३ प्रतिशतले कमी हो ।  

कम्पनीको खूद मूनाफा ४ लाख ५६ हजार रुपैयाँ मात्रै छ । प्रतिसेयर आम्दानी १२ पैसा मात्रै रहेको छ । बुक भ्यालु १०२.३८ रुपैयाँ रहेको छ ।  

रिटर्न अन इक्विटी(आरओई) ०.१२ प्रतिशत मात्रै छ । कम्पनीले बिगत ८ बर्षको औषत लाभांस दर करिब ८ प्रतिशत रहेको छ । 

कम्पनीले यसअघि ३५ प्रतिशत हकप्रद दिएको थियो भने अहिले पनि ५० प्रतिशत हकप्रद  घोषणा गरेको छ ।  

फियर एण्ड ग्रिड मिटर  

फियर एण्ड ग्रिड मिटरको आधारमा  यो कम्पनी फिएर एण्ड ग्रिड मिटरको आधारमा ६० को तहमा साप्ताहिक रुपमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यस्तो मिटर २० भन्दा तल रहेमा अधिक बियरिस र ८० भन्दा माथि भएमा अधिक बुलिस भन्ने हो।

कम्पनीको ५२ साताको उच्च मूल्य ५६५ रुपैयाँ रहेको छ भने न्यून मूल्य १७७ रुपैयाँ रहेको छ । हाल दोस्रो बजारमा यो कम्पनीको सेयरभाउ २८४ रुपैयाँमा अन्तिम काराबार भएको छ । कम्पनीको ६१ प्रतिशत संस्थापक र ३९ प्रतिशत सेयर सर्वसाधारणतर्फ रहेको छ ।  

Fear and Greed Meter

बोलिङ्गर ब्यान्ड, म्याक्डी र आरएसआईको आधारमा  

बोलिङ्गर ब्यान्डको आधारमा यो कम्पनी हाल अपरब्यान्डमा बियरिस प्रकृतिको क्याण्डल बनेर हाल मध्यब्यान्डतर्फ आकर्षित भएको देखिन्छ । म्याक्डीमा पनि एमएसीडी लाइन र बेसलाईन नजिक नजिक हुँदै गएका छन्् । तर बियरिस क्रसओभर भने भइसकेको अबस्था भने होइन ।  

आरएसआई ओभरबट जोन ८६ को तहबाट खसेर हाल ५६ को तहमा पुगेको छ । यसले समग्रमा तीनवटा इण्डिकेटरबाट नियाल्दा यो कम्पनीमा केही बिक्री दवाब भने देखिन्छ ।  

 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –३६९

प्रतिरोध २ –३४४

प्रतिरोध १– ३१९

पिभट प्वइन्ट: २९५

घटेमा सपोर्ट  

सपोर्ट १– २७६

सपोर्ट २– २४५

प्रतिरोध ३ –२३०

निश्कर्ष:   आधारभूत रुपमा  यो कम्पनीलाई नियाल्दा यो कम्पनीको पछिल्लो वर्ष  जगेडाकोषमा उल्लेखनीय रुपमा घटेको छ । यस्तै, आरओई, खूद नाफा र इपीएसमा पनि गिरावट देखिन्छ ।  

प्राविधिक रुपमा यो कम्पनीको सेयरको मुभमेन्टले हाल बोलिङ्गरको अपरब्यान्डमा प्रतिरोध सामाना गरेर मध्यब्यान्ड तर्फ झरेको देखिन्छ ।  

फियर एण्ड ग्रिड मिटरको आधारमा भने यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चल्दै गरेको देखिन्छ । यसले यो कम्पनीमा अल्पकालमा केही करेक्सन आएतापनि दीर्घकालीन रुपमा भने बढोत्तरीको यात्रा तय गर्नसक्ने देखिन्छ ।  

इलिअट वेभबाट नियाल्दा यो कम्पनीको न्यून मूल्य २३० देखि ३२० रुपैयाँसम्म वेभ १,२,३ चलेको र हाल माइनर डिग्रीको वेभ ४ चल्दै गर्दा वेभ ४ मा केही करेक्सन आएको देखिन्छ  । अबको बढोत्तरीमा वेभ ५ चल्दा कम्पनीको सेयरभाउ अबको ६ महिनासम्ममा  ३६० रुपैयाँदेखि ४०० रुपैयाँसम्म पुग्नसक्ने देखिन्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.