काठमाण्डौं । आज प्रि–ओपनमा १५ अंकले बढेको बजार अन्तिममा साढे ४ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । प्राविधिक रुपमा आजको बजारमा अघिल्ल्ला दिनहरुको तुलनामा वियरिस प्रकृतिको क्याण्डल बनेको छ ।
बोलिङगर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा केही समय पहिले अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेर खसेको थियो ।
त्यस पछि खसेको बजारले हाल मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । त्यो भनेको करिब २०६० आसपास हुन आँउछ । म्याक्डी मार्फत हेर्दा भने आज वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम पनि नेगेटिभ बनेका छन् ।
आरएसआई पनि न्युट्रल जोन ५० भन्दा माथि नै रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा आज बिक्री दबाव परेको देखिन्छ । पिभट् मार्फत अबको बजारको सपोर्ट हेर्दा २०६५,२०५२ र २०३६ मा रहेको देखिन्छ ।
त्यसैगरि, बढेमा नजिकको प्रतिरोध २०९३,२१०९ र २१२२ मा रहेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।