मंगलवार, आश्विन १३,२०८३ 06:31:51
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:31:51
Bizshala
Global IME Bank Limited

एघार महिनादेखि साइडवेज रहेको बजारको अबको सम्भावना कस्तो ?

Bizshala
एघार महिनादेखि साइडवेज रहेको बजारको अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर  कारोबार भएको थियो  । यो साता ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६२८.९१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५९५.७४ विन्दुमा बन्द भयो  ।  

यस हिसाबले यो साता नेप्सेमा ३३.१७ अंकको गिरावट आयो । अघिल्लो साता पनि नेप्सेमा २६.४७ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा जम्मा ३५ अर्ब १० करोडको सेयर कारोबार भयो । अघिल्लो भने  ५२ अर्ब ६० करोडको सेयर कारोबार भएको थियो । यो साता बजार घट्दा कारोबार पनि घट्यो ।

प्राविधिक पक्षः  

एघार महिनादेखि बजार साइडवेज

गत वर्ष साउन महिनामा एकैपटक हजार अंकभन्दा उच्च अंकले बढेको बजार त्यसपछि लगातार ११ महिनादेखि साइडवेजमा चलेको देखिन्छ । त्यस समयमा तीन हजारको विन्दु चुमेको बजार त्यसपछि एकपटक २४४० विन्दुसम्म झर्यो । त्यसपछि बजार २९२९ विन्दुसम्म पुगे पनि त्यहाँबाट बजारले माथिको यात्रा तय गर्न भने सकेको छैन ।  

यो साता २६ सय विन्दुभन्दा तल झरेको बजारले आगामी केही दिनमा केही अंक गुमाउन भने सक्छ । यद्यपी बजारमा इलिअट वेभको एक्सटेन्डेड् पाँचौ वेभ चल्दा नेप्से ३ हजार ७ सय विन्दुसम्म पनि पुग्न सक्छ ।

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको विकास सबैभन्दा पहिले १८ औ शताब्दिमा जापानबाट भएको हो । यसको प्रयोग सबै भन्दा पहिले एक धान व्यापारिले गरेका थिए । त्यसपछि संसारभर यसको प्रयोग हुँदै आएको छ । क्याण्डल स्टिकको बिश्लेषणबाट सबै भन्दा छिटो बजार तथा कम्पनीको अबस्था बारे जानकारी लिन सकिन्छ । यस आधारमा यो साताको बजारलाई नियाल्दा यो हप्ता बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारमा आगामी साता बिक्री दबाब परेको बुझिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार ४ साता पहिले नै मध्य ब्याण्डबाट तल खसेको छ । अपर ब्याण्ड र लोवर ब्याण्ड निकै साँघुरिएको छ । यसले बजारमा उतारचढाव निकै कम रहेको बुझिन्छ । मुमेन्टम इन्डिकेटर आरएसआई न्यूट्रल जोनमा चलेको देखिन्छ । इन्डिकेटरबाट नियाल्दा भने बजार साइडवेज यात्रामा देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९४१

प्रतिरोध २ – २८५६

प्रतिरोध १–  २७७४

पिभट् प्वइन्टः २६८९

घटेमा सपोर्ट 

सपोर्ट १– २६०८

सपोर्ट २– २५२३

सपोर्ट  ३ –२४४१

निष्कर्षः यो साता नेप्सेमा करिब ३३ अंकको गिरावट आयो । अघिल्लो साता नेप्सेमा २६.४७ अंकको गिरावट आएको थियो । पिभट् मार्फत नियाल्दा यो साता पनि बजार पिभट् प्वइन्ट २६८९ भन्दा तल बन्द भएको छ । विभिन्न इन्डिकेटरहरुबाट नियाल्दा पनि बजार साइडवेजमा चलेको देखिन्छ ।  

बजारलाई मुभिङ एभरेजबाट नियाल्दा भने बजार यो साता ५० दिने रेखाबाट तल खसको छ । यस्ता रेखाहरुले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोधको काम गरका हुन्छन् ।  

घट्दो बजारमा यो विन्दुबाट तल खस्नु भनेको बजार केही कमजोर बन्दै छ भन्ने हो । यस हिसाबले अल्पकालको लागि बजार केही कमजोर देखिन्छ । यद्यपी इलिअट वेभमार्फत नियाल्दा हाल केही करेक्सन भएता पनि बजार दीर्घकालमा भने एकपटक ३ हजार ७ सय विन्दुभन्दा माथिको यात्रा तय गर्न सक्ने सभ्भावना भने जिबितै रहेको छ ।  

क्षेत्रगत रुपमा नियाल्दा यो साता कारोबार समूह बाहेक सबै समूहमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.