काठमाण्डौ । नेप्सेमा आज दिनभर तीव्र उतारचढाव देखियो । तर बजार अन्त्यमा करिब ५० अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस मारुबुजु क्याण्डल बनेको देखिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।
योसागै आज बजारले मेजर सपोर्ट लिएको २७८० को विन्दुलाई पनि ‘ब्रेक डाउन’ गरेको छ । यस हिसावले ट्रेन्डलाइन मार्फत नियाल्दा नेप्सेले अबको नजिकको सपोर्ट २७२७ र २६६० को विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।
त्यसैगरि, बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अबको सपोर्ट मध्य ब्याण्ड २७५० विन्दु आसपासपमा पनि लिनसक्छ ।
म्याक्डीबाट नियाल्दा हालसम्म पनि बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक नै रहेको छ । आरएसआईबाट नियाल्दा ओभर बट जोन ८१ को तहबाट खसेको बजार आज न्यूट्रल जोनमा आएको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारले आगामी कारोबारमा मध्य ब्याण्ड अर्थात २७५० विन्दु आसपासमा सपोर्ट लिने प्रयास गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारबारका लागि सिफारिस भने होइन ।