आईतवार, बैशाख ६,२०८३ 08:34:31
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:34:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीन साता लगातार घटेको बजार सपोर्ट जोन नजिक, अबको सम्भावना कस्तो ?

Bizshala
तीन साता लगातार घटेको बजार सपोर्ट जोन नजिक, अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । यो साता आइतबार गाईजात्राको सार्वजनिक बिदा परेका कारण सेयर बजारमा ४ दिन मात्रै कारोबार भयो । अघिल्लो साता ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ४ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो ।  

अघिल्लो साता २ हजार ८५०.३७ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७८८.३६ को विन्दुमा बन्द भएको छ  । यस हिसाबले यो साता बजार ६२.०१ अंकले घट्यो । अघिल्लो साता बजार ७२.२६ अंकले घटेको थियो ।  

यो साता ५ दिनमा ३० अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । अघिल्लो साता भने बजारमा ४९ अर्ब ४ करोडको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुबैमा गिरावट आयो ।  

यो साता बजार घट्दा बजार पूँजीकरण ४६ खर्ब ५६ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजी करण ४७ खर्ब ५७ अर्बको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पति १ खर्ब १ अर्बले घट्यो ।    

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राविधिक पक्ष

फिवोनासी सिद्धान्तका आधारमा  

फिवोनासी रिट्रेसमेन्ट एउटा यस्तो टुल हो, जसले एकपटक बढेको बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ ? भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ । बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन् ।  

यस आधारमा हालको बजारलाई नियाल्दा यो साता ०.५ प्रतिशतको सपोर्ट विन्दु २८१२ लाई ब्रेक गरेर तल खसेको छ । अब बजारले ०.६१ प्रतिशतको सपोर्ट २७६० विन्दु लिन सक्छ । यो साता २८७८ को विन्दुमा बन्द भएको बजारले आगामी साता पनि करेक्सन लिएमा २७६० को विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ ।  

मूभिङ एभरेजको आधारमा  

पछिल्लो पटक बजारलाई मूभिङ एभरेजबाट नियाल्दा ५० दिने मूभिङ एभरेज रेखा नजिक आएको देखिन्छ । यो विन्दु पनि २७६० विन्दु आसपास नै रहेको देखिन्छ । यस हिसाबले हेर्दा आगामी साता बजारमा केही अंक करेक्सन भएता पनि सपोर्ट विन्दुबाट फर्किन सक्ने सम्भावना रहन्छ । तर कारोबार तथा भोल्यूमबाट नियाल्दा भने औषत कारोबार भन्दा तल नै रहेको देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा डेली बेसमा नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट खसेको बजार यो साता तल्लो ब्याण्ड नजिक आएको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर नै छ । तर हिस्टोग्राम फिक्का हुन थालको छ । आरएसआई ४३ को तहमा रहेको छ । मनी फ्लो इन्डेक्स भने ओभर सोल्ड जोन १५ को तहमा पुगेको छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३००४

प्रतिरोध २ – २९६४

प्रतिरोध १–  २९०७

पिभट् प्वइन्टः २८६७

घटेमा सपोर्ट 

सपोर्ट १– २८१०

सपोर्ट २– २७७०

सपोर्ट  ३ –२७१

निष्कर्षः यो सातासम्म नेप्से लगातार ३ साता घट्यो । बजार घट्दै जाँदा कारोबार पनि घट्दै गरेको देखिन्छ । यो साताको बजारलाई विभिन्न माध्यमबाट नियाल्दा करिब सपोर्ट जोन नजिक आएको देखिन्छ । फिवोनासी मार्फत नियाल्दा ०.६१ प्रतिशतको सपोर्ट नजिक रहेको छ ।  

मूभिङ एभरेजबाट नियाल्दा बजार ५० दिने मूभिङ एभरेज नजिक आएको छ । मुमेन्टम इन्डिकेटर मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार करिब ओभर सोल्ड जोन नजिक आएको छ । यस हिसाबले हेर्दा यो साता लगातार तीन साता खसेको बजार यदि आगामी साता पनि केही दिन करेक्सन आउँछ भने सपोर्ट जोनबाट यू–टर्न लिन पनि सक्छ । क्षेत्रगत रुपमा हेर्दा अन्य समूह बाहेक सबै समूहमा रातो पोतियो ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.