आईतवार, बैशाख ६,२०८३ 08:32:03
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:32:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मितेरी डेभलमेन्टको बैंकको सेयरमा बन्यो ‘डार्क क्लाउड कभर प्याटर्न’, आरएसआई ओभर बट जोनमा

Bizshala
मितेरी डेभलमेन्टको बैंकको सेयरमा बन्यो ‘डार्क क्लाउड कभर प्याटर्न’, आरएसआई ओभर बट जोनमा
Shivam Cement

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक नेपालको एउटा क्षेत्रीयस्तरको विकास बैंक हो । यो बैंक कम्पनी ऐन, २०६३ अन्तर्गत पूर्वको धरानलाई कार्यक्षेत्र बनाएर स्थापित भएको हो । यो बैंकका पूर्वी नेपालको धरान, विराटनगरलगायतका क्षेत्रमा १८ वटा शाखा कार्यालय छन् । बैंकले निक्षेप संकलन, कर्जा परिचालन र मोबाइल बैंकिङजस्ता सेवा सुविधा दिँदै अएको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब ११ करोड रुपैया रहेको छ भने रिटेन अर्निङ १५ करोड ५४ लाख २८ हजार रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ७३ लाख ६१ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.६५ रुपैंयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १४४.०२ रुपैययाँ , खराब कर्जा १.८ प्रतिशत र रिर्टन अन इक्विटी १.८४ प्रतिशत रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राविधिक पक्षः  

क्याण्डल स्टिकका आधारमा  

क्याण्डल स्टिकको आधारमा डेली बेसमा हेर्दा यो कम्पनीमा पछिल्लो २ कारोबारमा डार्क क्लाउड कभर प्याटर्न बनेको छ । डार्क क्लाउड कभर प्याटर्नमा डबल क्याण्डल स्टिक प्यार्टनमा बन्ने गर्छ । जसमा पहिलो क्याण्डल हरियो र दोस्रो क्याण्डल रातो हुने गर्छ ।  दोस्रो क्याण्डल ग्याप अप ओपनिङ सहित खुलेर रातो क्याण्डल बन्ने गर्छ । यसको लागि पहिलो हरियो क्याण्डलको ५० प्रतिशत भन्दा तल दोस्रो क्याण्डल घटेर बन्द हुनु पर्ने हुन्छ । यस्तो अवस्थामा डार्क क्लाउड कभर बन्ने गर्छ ।  

यसले सम्भाबित रुपमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ । मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा त्यही अवस्था देखिन्छ । यो भनेको सम्भाबित रुपमा बिक्री दबाब रहेको भन्ने हो ।  

CG Motors
Garima Development Bank
IME remit

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर हाल अपर ब्याण्डमा डार्क क्लाउड कभर बनेको देखिन्छ । यो संगै म्याक्डीमा केही समय पहिले बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ । आरएसआईले आभर बट जोन ७६ को तहबाट खसेर हाल ६८ को तहमा बन्द भएको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयरमा हाल बिक्री दबाब पर्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ९२६

प्रतिरोध २ – ८५८

प्रतिरोध १–  ८१०

पिभट् प्वइन्टः ७४२

घटेमा सपोर्ट  

सपोर्ट १– ६९५

सपोर्ट २– ६२६

सपोर्ट  ३ –५७९

निष्कर्षः  

मितेरी डेभलपमेन्ट बैंक आधारभूत रुपमा ठीकै देखिन्छ । समीक्षा अवधिको पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ६१.६८ प्रतिशतले घटेको देखिन्छ । पूँजी बढ्दै जाँदा कम्पनीको रिर्टन अन इक्विटी घट्दै गएको छ भने खराब कर्जा बढेको देखिन्छ ।  प्राविधिक रुपमा पनि हाल ७९२ रुपैयाँ प्रतिकित्ता सेयर भाउ रहेको यो कम्पनीको सेयर भाउ हाल फियर एण्ड ग्रिड इन्डेक्समा बु्लिस सेन्टिमेन्टमा चलेको छ । तर क्याण्डल स्टिक प्यार्टनमा डार्क क्लाउड कभर र आरएसआईमा ओभर बट जोनबाट तल खसकेो कारण आगामी दिनमा यो कम्पनकिो सेयर भाउमा थप गिरावट आउन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.