मंगलवार, कार्तिक ३,२०८३ 03:14:54
  • मंगलवार, कार्तिक ३,२०८३ 03:14:54
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो हेड एण्ड सोल्डर प्याटर्न , कस्तो रहला बजारको आगामी यात्रा ?

Bizshala
नेप्सेको चार्टमा बन्यो हेड एण्ड सोल्डर प्याटर्न , कस्तो रहला बजारको आगामी यात्रा ?
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २७२७.३६ विन्दुमा बन्द भएको बजार यो साता २६८८.५३ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ३८.८३ अंकले बजार घट्यो । अघिल्लो साता पनि बजार २२.२५ अंकले घटेको थियो ।

यो साताको ५ कारोबारमा ४१ अर्ब ८२ करोड रुपैयाँबराबरकोे सेयर कारोबार भयो । अघिल्लो साता भने ५९ अर्ब ७७  करोडबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता नेप्से घट्दा कारोबार पनि घट्यो । यो साता बजार पूँजीकरण  ४२.७४ खर्ब रुपैयाँ पुग्यो । अघिल्लो साता बजार पू्ँजीकरण ४३ खर्ब ३६ अर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले यो साता नेप्से घट्दा ६२ अर्बले बजार पूँजीकरण घटेको छ । यो साता नेप्से घट्दा बजार पू्ँजीकरण र कारोबार दुबै घट्यो ।  

 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हेड एण्ड सोल्डर प्याटर्न 

सेयर बजारले बनाएको रेखालाई मानविय आकृतिसँग दाँजेर हेर्न पनि सकिन्छ । कुनै पनि कम्पनीको सेयरको मूल्य तथा सूचकलाई ट्रेन्डलाइनमा प्रस्तुत गर्दा बनेको आकृतिलाई मानिसको २ वटा काँध तथा टाउको जस्तो अर्थात पासपोट फोटो जस्तो आकृति देखिएमा त्यसलाई हेड एण्ड सोल्डर प्याट्रनबाट भनिन्छ ।  

प्रायः बुल बजार इन्भर्टेड हेड एण्ड सोल्डरबाट सूरु हुन्छ भने वियरिस बजार ‘हेड एण्ड सोल्डर प्याट्रनबाट सूरु हुन्छ । यस्ता प्याटर्नहरु चार्टमा सधैं देखिदैनन् । विगतको नेप्सेको २६ बर्षको चार्टलाई नियाल्दा पछिल्लो पटकको २ वटा बुल अर्थात १८८१ र ३२०० विन्दुमा हेड एण्ड सोल्डर प्याटर्न  प्रष्ट रुपमा बनेर बुल सकिएको छ ।  

हालैको बुल पनि इन्भर्टेड हेड एण्ड सोल्डर बनेर नै सुरु भएको छ । यसर्थ पछिल्लो पल्ट बनेको हेड एण्ड सोल्डर प्याटर्नले नेपालका प्राविधिक विश्लेषकहरुको मनमा चिसो पस्नु स्वभाविक नै हो । तर अहिलेको सानो र्यालीमा नै बुल सकिएको भन्नु अपरिपक्वता हुनसक्छ । किनकी यस्तो प्याटर्न  डेढ–२ वर्षको बजारको बढोत्तरी पछि देखा परेको खण्डमा डराउनुपर्ने अवस्था हुन्छ ।  

छोटो समयको बढोत्तरीमा बनेको यस्तो हेड एण्ड सोल्डर इन्भ्यालिड पनि हुन सक्छ । यदि बजार आगामी कारोबारमा २७ सय भन्दा माथि–माथि टिकेर २७६० विन्दुभन्दा पनि माथि जान्छ भने यो प्याटर्न इन्भ्यालिड हुन सक्छ । त्यहाँबाट पनि बजार २८६० भन्दा माथि भोल्युमसहित गएको खण्डमा भने नेप्सेमा बनेका हेड एण्ड सोल्डर पूर्ण रुपमा इन्भ्यालिड हुनेछ । किनकी बजारले डाउ थेउरीमा फेरी हायर हाई र हायर लो का नयाँ सिरिज बनाउन सक्ने छ ।  

मूख्य तस्बिर माथि  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

इचिमोकूको आधारमा  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापनिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ ।

यो इन्डिकेटरअन्तर्गत हाल नेप्से बुलिस नै रहेको छ । मूल्य रेखाहरु क्लाउड पोजिसन भन्दा माथि–माथि नै चलेका छन् । क्लाउड पनि हरियो नै रहेको छ । यसकारण बजार क्लाउडको पोजिसन भन्दा माथि–माथि रहुन्जेल बजार बुलिस नै मानिने छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३०१३

प्रतिरोध २ – २९३७

प्रतिरोध १–  २८३२

पिभट् प्वइन्टः २७५५

घटेमा सपोर्ट  

सपोर्ट १– २६५०

सपोर्ट २– २५७५

सपोर्ट  ३ –२४६९

निष्कर्षः साप्ताहिक रुपमा बजारलाई नियाल्दा यो सातासम्म बजार लगातार ४ साता करेक्सन आएको छ । तर यो साता भने बजार २६०० को विन्दुमा सपोर्ट लिएर २६८८ को विन्दुमा बन्द भएको छ । यस हिसाबले साप्ताहिक रुपमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले बजार घट्न रोकिएको मान्न सकिन्छ । यो साता भोल्युम निकै ड्राई भएको छ । इलिअट वेभबाट बजारलाई नियाल्दा बजारमा माइनर डिग्रीको करेक्नसअन्तर्गत एबीसी करेक्सन करिब २६०० विन्दुमा सकिएको मान्न सकिन्छ । जसलाई आगामी एक–दुई कारोबार पछि मात्रै थप प्रस्ट हुन सक्छ ।  

(नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । )

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.