आईतवार, बैशाख ६,२०८३ 08:40:47
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:40:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘शुटिङ स्टार’, मनी फ्लो इन्डेक्समा ‘बियरिस डाइभर्जेन्स ’

Bizshala
नेप्सेको चार्टमा ‘शुटिङ स्टार’, मनी फ्लो इन्डेक्समा ‘बियरिस डाइभर्जेन्स ’
Shivam Cement

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयरबजार अन्त्यमा १८ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । घट्दो बजारमा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिदैन ।  

क्याण्डल स्टिकमार्फत नियाल्दा आज नेप्सेको चार्टमा ‘शुटिङ स्टार’ प्रकृतिको क्याण्डल बनेको छ । यसले लगातार बढेको बजारमा ब्रेक लागेको संकेत गर्छ । यसअघि चार्टमा डोजी प्रकृतिको क्याण्डल बनेका थिए । बोलिङ्गर ब्याण्डबाट नियाल्दा हालसम्म पनि बजार अपर ब्याण्डमा चल्दै गरको देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ८५ को तहबाट हाल ७९ को तहमा चलेको देखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा प्रष्ट रुपमा नै बियरिस डाभर्जेन्स देखिन्छ । समग्र इन्डिकेटबाट नियाल्दा बजार करेक्सनको यात्रामा चलेको देखिन्छ ।  

लामो समय बढेको बजारमा आज आएको करेक्नसपछि फिवोनासी मार्फत नियाल्दा अब बजारले ०.२३ प्रतिशत अर्थात २९१५ विन्दु आसपासमा बलियो सपोर्ट लिनसक्छ । त्यसैगरि, त्यहाँबाट पनि तल खसेमा ०.३८ प्रतिशतको सपोर्ट २८५० विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ । तर यदि आज बनेको शुटिङ स्टारलाई बजारले इन्भ्यालिड गरेर माथि लाग्छ भने बजारले ३०६० र ३२००  विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.