सोमबार, मंसिर ८,२०८२ 12:57:22
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 12:57:22
IME remit
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी स्टार’, के होला अब बजार ?

Hyundai Nepal
नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी स्टार’, के होला अब बजार ?
Shivam Cement

काठमाण्डौ । नेप्सको दैनिक चार्टमा ‘ड्रागन फ्लाई डोजी’ बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ‘ड्रागन फ्लाई डोजी’ भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।  

यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनः सुरुको मूल्य तथा सूचकमा पुर्याएको हुन्छ । यो मैनबत्तीले तलको लामो धागोले बजारमा क्रेताको चाप रहेको कुरालाई संकेत गर्छ । माथिको छोटो धागोले बिक्रेताको अझै कायम रहेको बुझिन्छ ।  

CG Motors
New Office
Garima Development Bank

लामो समयको घट्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा बजारले बुलिस ट्रेन्डमा जाने संकेत गर्छ । यसअघि यस्तै आकृति बन्दा बजार बुलिस बनेको थियो ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

यसविपरीत यदि लामो समयको बढ्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा भने बजार बियरिसमा जाने संकेत गर्छ । यद्यपी आज बनेको यस्तो आकृतिले बजारको अबस्था यहि नै हुन्छ भन्ने कुनै निश्चितता देखिदैन । कारोबार तथा भोल्यमुबाट नियाल्दा अघिल्लो दिनको तुलनामा आज करिब २ अर्ब कम कारोबार भएको छ । यसले बजारमा नाफा बुक भएको पनि देखिन्छ । विभिन्न इन्डिकेटरहरुबाट नियाल्दा बजार बुलिस नै छ । यसकारण हालको बजारमा सामान्य करेक्सन भएको खण्डमा पनि त्यो बजार मजबुत नै हुँदै गएको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो प्राविधिक विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.