काठमाण्डौ । नेप्सेले हाल २८१५ को विन्दुमा पाँच कारोबार दिनदेखि प्रतिरोधको सामना गरिरहेको छ ।
बजार बढेता पनि अघिल्लो साताको अन्तिम कारोबारबाट बजार केही धरमाराएको देखिन्छ । तर बजारमा कारोबार रकम भने मजबुुत नै रहेको छ ।
यो साताको चार कारोबार दिनमा बजार २८१५ को विन्दुभन्दा माथि जान सकेन । आज बजारले बोलिङ्गर ब्याण्डको अपरब्याण्डमा शुटिङ स्टार प्रकृतिको क्याण्डल बनाएको छ । यसअघि बजारले बियरिस इन्गल्फिङ क्याण्डल बनाएको थियो ।
आज २७६६ मा बन्द भएको बजार यदि आगामी कारोबारमा २८१५ भन्दा माथि भोलुमसहित टिक्यो भने आज बनेको शुटिङ स्टार र यसअघि बनेको बियरिस इन्गल्फिङ क्याण्डल इनभ्यालिड हुनेछ ।
तर बजार यदि २६४० भन्दा तल जान्छ भने बजारमा केही समय करेक्सन पनि आउनसक्छ । म्याक्डीमा पनि एमएसीडी लाइन र सिग्नल लाइन नजिक नजिक भएका छन् । तर बियरिस क्रसओभर भने भइसकेको छैन ।
डाउ थेउरीमार्फत बजारलाई नियाल्दा आज नेप्सेले २८०६ मा लोअर हाइ बनाएको देखिन्छ । तर बजारले नयाँ लोअर लो भने बनाएको छैन । यसकारण हालको बजारमा २८१० देखि २६५० सम्म साइडवेज चलेको देखिन्छ ।
(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कुनै कारोबारका लागि सिफारिस भने होइन ।)