काठमाण्डौ । आज बजारमा दिनभरजसो वृद्धि देखिएको थियो । यो वृद्धि लाई अन्त्यसम्म कायम राख्दै आज बजार २१ अंकको वृद्धिका साथ बन्द भएको थियो ।
आज बजार बढ्दा कारोबार पनि ६ अर्बमाथि भएको छ । आजसम्म ५ दिन लगातार बढ्दा नेप्से न्यून विन्दुबाट करिव १०४ अंकले सुधार आयको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा विस्तारै बुलिस बन्दै गएको देखिन्छ । बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजार हाल अपर ब्याण्ड सँगैसँगै हिड्न खोजेको देखिन्छ । म्याक्डीमार्फत नियाल्दा बजार प्रष्ट रुपमा जिरो लाइन भन्दामाथि बुलिस क्रसओभर बनेको छ ।
अर्थात, म्याक्डीमा पनि बजारमा हायर हाईका सिरिजहरु बन्दै गएका छन् । हिस्टोग्रामहरु सकारात्मक र लामा–लामा हुँदै गएका छन् । डेली बेसमा आरएसआई ६७ को तहमा पुगेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस यात्रामा प्रबेश गरेको देखिन्छ ।
त्यसैगरि, बजारलाई पिभट् मार्फत नियाल्दा आज २१४० विन्दुमा बन्द भएको बजारले अब क्रमश २१७८ , २२३६ र २३१० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । घटेमा भने क्रमशः २१०४ ,२०८० र २०४५ विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।