आईतवार, बैशाख ६,२०८३ 08:40:03
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:40:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको चार्टमा‘रिभर्सल हेड एण्ड सोल्डर’, आगामी साताबाट गति लिन सक्ने

Bizshala
नेप्सेको चार्टमा‘रिभर्सल हेड एण्ड सोल्डर’, आगामी साताबाट गति लिन सक्ने
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा तिहार बिदा र छठको कारण २ दिन मात्रै सेयर कारोबार भयो । २ दिनमा बजार झिनो अंकले २ दिन नै घट्यो । अघिल्लो साता २६७७.६२ विन्दुमा बन्द भएको बजार यो साता २६७५.५१ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता २ अंकले मात्रै बजार घट्यो । अघिल्लो साता भने ५०.४८ अंकले बजार घटेको थियो ।  

यो साता २ कारोबारमा जम्मा ९ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता ४ दिन कारोबारमा २२ अर्ब १६ करोडले सेयर कारोबार भयो । यस हिसाबले यो साता दैनिक औषत ४ अर्ब २१ करोड कारोबार भयो । अघिल्लो साता भने करिब ६ अर्ब दैनिक औषत कारोबार भएको थियो ।  

यो साता बजार झिनो अंकले घट्दा सेयर कारोबार पनि भने घटेको छ । यो साता बजार पूँजीकरण ४२ खर्ब ५९ अर्ब पुगेको छ । अघिल्लो साता बजार पूँजीकारण ४२ खर्ब ६० अर्ब रहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राविधिक पक्षः  

साप्ताहिक रुपमा बजारलाई प्राविधिक हिसाबले हेर्दा २ अंकमात्रै घटेको बजारमा कुनै पनि परिवर्तन भएको देखिदैन । तर भदौ २ पछि खसेको बजार २४४० विन्दुसम्म आएको देखिन्छ । त्यसपछि बजारले पुनः रिभर्सल हेड एण्ड सोल्डर बनाएको छ । यो साता २६७५ मा बलियो सपोर्ट लिएको बजारले अब २७७५ विन्दुमा बलियो प्रतिरोध सामाना गर्न सक्छ ।  

त्यसपछि यदि बजार बढेर त्यहाँबाट पनि माथि लाग्छ भने नेप्सेले करिब ३ हजारसम्मको टार्गेट सेट गर्न सक्छ । हालको पछिल्लो बजारलाई नियाल्दा यदि २६ सय भन्दा माथि टिक्छ भने बजारले माथिकै यात्रा तय गर्न सक्ने देखिन्छ । तर त्यहाँबाट तल खस्छ भने बजारमा डाउ थेउरीमा लोअर लो र लोअर  हाईका सिलसिला चल्न सक्छ । हालको बजारमा त्यो सम्भावना भने कमै देखिन्छ ।  

मुख्य तस्बिर माथि

CG Motors
Garima Development Bank
IME remit

पिभट् प्वइन्टः

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८१३

प्रतिरोध २ – २७५९

प्रतिरोध १–  २७१८

पिभट प्वइन्टः २६६५

घटेमा सपोर्ट  

सपोर्ट १– २६२३

सपोर्ट २– २५६९

सपोर्ट  ३ –२५२८

निष्कर्षः अघिल्लो साता ५० अंकले घटेको सेयर बजार यो साता २ अंकले मात्रै घट्यो । बजार घट्दा कारोबार घट्नु भनेको बजारमा बिक्रेता हराउँदै गरेको भन्ने हो । यो सातासम्म चार्डपर्वको कारण साइड वेजमा चलको बजारले आगामी साताबाट गति लिन सक्छ । किनकी अधिक तरलताले  बैंकको ब्याजदर न्यून विन्दुमा नै चलेको छ । अन्य लगानीका क्षेत्रहरु पनि खुम्चदै गएका छन् ।  

तर बजारमा अहिले सस्थागत लगानीकर्ताहरु खासै सक्रिय नहुँदा बजारले गति लिन सकेको छैन । यसको लागि नेपाल राष्ट्र बैंकले आगामी समीक्षामा बैंक तथा वित्तिय संस्थालाई सेयर कारोबारमा केही सहज गरिदिएको खण्डमा बजारले राम्रै गति पनि लिन सक्छ ।  

प्राविधिक रुपमा हालको बजार अप ट्रेन्डमा नै चलेको देखिन्छ । किनकी बजार डाउ थेउरीमा हायर हाई र हायर लो बनाउँदै चलेको देखिन्छ । यो साता २७०० विन्दु आसपास प्रतिरोध सामाना गरेको बजार यदि आगामी साता त्यहाँबाट माथि लाग्छ भने बजारले बुलिस यात्रा तय पनि गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.