काठमाण्डौ । नेप्सेमा केही समयदेखि साइडवेज चलेको बजार आज २६ सय विन्दुदेखि तल खसेको छ । आज बजार खस्दा कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गरको मध्य ब्याण्डबाट तल खसेको छ ।
यद्यपी तल्लो ब्याण्ड २५६० विन्दु आसपासमा नै रहेको छ । म्याक्डीमा पनि बजार साइडवेज चलेको देखिन्छ । डेली बेसमा आरएसआई ४१ को तहमा चलको देखिन्छ । यद्यपी बाजरलाई ट्रेन्डलाइनबाट नियाल्दा २५७५ विन्दु आसपासमा भने बलियो सपोर्ट देखिन्छ । यहाँबाट पनि तल खसेको खण्डमा बजारले केही अंक गुमाउन पनि सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।