बुधबार, चैत्र २०,२०८१ 07:45:25
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:45:25
IME remit
Global IME Bank Limited

डबल बटम प्याटर्न बनाउँदै गरेको बजारमा फाइनान्स समूहमा उच्च गिरावट, कस्तो रहला आगामी साता ?

Hyundai Nepal
डबल बटम प्याटर्न बनाउँदै गरेको बजारमा फाइनान्स समूहमा उच्च गिरावट, कस्तो रहला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४  दिनमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढ्यो । अघिल्लो साता २ हजार ६३५.९ मा बन्द भएको बजार यो साता २ हजार ५८८.६२ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता नेप्से परिसूचक ४६.४७ अंकले घट्यो ।  

अघिल्लो साता भने नेप्से परिसूचक ४८.८६ अंकले बढेको थियो ।  यो साता ४ कारोबारमा नेप्सेमा २२ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता ५ कारोबारमा ३० अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता सूचक र काराबोर दुबै घट्यो । यो साता बजार पूँजीकरण ४२ खर्ब ९३ अर्ब रह्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४३ खर्ब ७० अर्ब रहेकोे थियो  । यस हिसाबले यो साता बजार पूँजीकरण झण्डै ७७ अर्बले घट्यो ।  

Shivam Cement
Bizshala
CG Motors

प्राबिधिक पक्षः  

डबल बटम प्याटर्न

डबल बटम प्याटर्न भनेको बुलिस प्यार्टन हो । यस्तो प्याटर्न प्रायः साइडवेज बजारमा बन्ने गर्छ । पछिल्लो समय ३ हजारबाट खसेको बजारले २४४० विन्दुमा पहिलो बटम बनाएको देखिन्छ । त्यसपछि करिब २८ सयसम्म पुगेको बजार यो साता २५८८ विन्दुमा बन्द भएको छ । हाल करेक्सनमा चलेको बजार यदि फेरि २५ सय भन्दा तल आँउछ भने त्यो दोस्रो बटम हुनेछ । त्यसपछि हालको करेक्सन करिब अन्त्य गर्दै फेरी बजारले बुलिस यात्रा तय गर्न सक्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले ५ सातासम्म मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ । अर्थात मध्य ब्याण्डबाट माथि जान सकेको छैन । साप्ताहिक रुपमा म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ । आरएसआई ५० को तहमा चलेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा बजार बियरिस नै देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २७७७

प्रतिरोध २ – २७२५

प्रतिरोध १–  २६८०

पिभट् प्वइन्टः २६७२

घटेमा सपोर्ट  

सपोर्ट १– २५८२

सपोर्ट २– २५३०

सपोर्ट  ३ –२४८४

निष्कर्षः अघिल्लो साता ४८ अंकले बढेको बजार यो साता ४६ अंकले घट्यो  । पछिल्लो पाँच साताको बजारलाई नियाल्दा बजार तीन साता घट्यो भने २ साता बढ्यो । साप्ताहिक रुपमा बजार मध्य ब्याण्डबाट माथि लाग्न सकेन । कोरोबार तथा भोल्युमबाट नियाल्दा औषत कारोबार देखिन्छ । यदि बजारमा १० अर्बमाथि कारोबार भएको खण्डमा मात्रै कारोबारबाट बजार बुलिस भन्न सकिन्छ ।  

यस हिसाबले हालको बजार इन्डिकेटर, प्राइस एक्सन ,कारोबार तथा भोल्युम सबै तर्फबाट बजार साइडवेजमा चलेको देखिन्छ । नेप्सेमा प्रायः माघ , फागुन र चैत्रमा बोनस तथा हकप्रदले आपूर्ति बढ्ने भएको कारण पनि सिजनल रुपमा पनि यो समय बजारमा केही बिक्री दबाब नै पर्ने गर्छ । यस कारण पनि बजार अझै केही समय साइडवेज चल्ने सम्भावना रहन्छ ।  

समूहगत रुपमा हेर्दा यो साता फाइनान्स समूहमा अधिक करेक्सन आयो भने बाँकी अन्य समूहमा सामान्य करेक्नस देखियो । 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.