काठमाण्डौ । लगातार तीन दिन घटेको बजारमा आज इन्भर्टेड ह्याम्मर अर्थात उल्टो ‘टी’ प्रकृतिको क्याण्डल बनेको छ । यदि लामो समयको घट्दो बजारमा यस्तो प्रकृतिको क्याण्डल बन्छ भने यसलाई सम्भावित ट्रेण्ड रिभर्सलको संकेत मानिन्छ ।
तर यसको कन्फरमेशनका लागि भने आगामी दिनमा बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्ने छ । अर्थात, बजार १९८० भन्दा माथि भोल्युमसहित बन्द हुनु पर्ने देखिन्छ । आज भोल्युम पनि निकै ड्राइ अप बनेको छ ।
यसले लगानीकर्ताहरुले घटेर सेयर बेच्न नचाहेको भन्ने संकेत गरेको छ । यसअघि पनि नेप्सेमा यस्तै क्याण्डल बने पछि बजारमा रिभर्सल आएको थियो । आज बजारमा बलियो सपोर्ट जोन १९५० आसपास यस्तो क्याण्डल बनेको छ । बोलिङगर ब्याण्डमार्फत नियाल्दा बजारले तल्लो ब्याण्डमा सपोर्ट लिँदै गरेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण काराबारका लागि सिफारिस भने होइन ।