सोमबार, बैशाख ७,२०८३ 02:13:23
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:13:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वार्षिक औषत साढे ११ प्रतिशत लाभांश दिएको महालक्ष्मी विकास बैंकको आगामी यात्रा कस्तो ?

Bizshala
वार्षिक औषत साढे ११ प्रतिशत लाभांश दिएको महालक्ष्मी विकास बैंकको आगामी यात्रा कस्तो ?
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंक नेपालका १५ वटा विकास बैंकहरु मध्ये एक हो । यो बैंक केन्द्रिय स्तरको विकास बैंक हो । यस बैंकका उत्यका र उपत्यका बाहिर गरेर प्रधान कार्यलयसहित १०३ वटा शाखा रहेका छन् । यस बैंकले निक्षेप संकलन तथा कर्जा परिचालन , रेमिट्यान्स तथा डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आधारभूत पक्षः  

कम्पनीको चूक्तापूँजी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५० करोड र रिटेन अर्निङ करिब २२ करोड रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कूल पूँजी ६ अर्ब ९० करोड रुपैंयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.७८ रुपैयाँ , रिर्टन अन इक्विटी ८.३४ रुपैयाँ , खराब कर्जा अनुपात ४.९३ प्रतिशत रहेको छ । कम्पनीको खुद नाफा २८ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको विगत ९ वर्षको औषत लाभांशदर ११.५५ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटरः  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल न्यूट्रल सेन्टिमेन्टमा चलको छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताको उपस्थिति सामान्य रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च कारोबार मूल्य प्रतिकित्ता ४८५  रुपैयाँ र न्यून मुल्य ३१५ रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआईः  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा शुटिङ स्टार बनाएर खसेको छ । पछिल्लो समय कम्पनीको कारोबारसँगै भोल्युम पनि घट्दै गएको छ । म्याक्डीमा बिस्तारै बियरिस क्रसओभर बन्दै गरेको देखिन्छ । हिस्टोग्राम पनि नेगेटिभ र लामा–लामा हुँदै गरेको देखिन्छ । आरएसआई ओभर बट जोन बाट खसेर हाल न्यूट्रल जोनमा चलको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम,न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –४८९

प्रतिरोध २ – ४६६

प्रतिरोध १–४३३

पिभट् प्वइन्टः ४१०

घटेमा सपोर्ट  

सपोर्ट १– ३७७

सपोर्ट २– ३५४

सपोर्ट  ३ –३२१

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीको अवस्था सन्तोषजनक देखिन्छ । कम्पनीको रिटेन्ड अर्निङ र जगेडा कोषमा सुधार आएको देखिन्छ । तर अघिल्लो आर्थिक वर्षको तुलनामा रिर्टन अन इक्विटीमा सामान्य गिरावट आएको देखिन्छ ।कम्पनीको खराव कर्जा पनि बढेको छ । प्राविधिक रुपमा यो कम्पनी हाल न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । अघिल्लो साता बोलिङ्गरको अपर ब्याण्डमा शुटिङ स्टार बनाएको यस कम्पनीमा आज बियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले कम्पनीको सेयर भाउमा बिक्री दबाब आएको र भविष्यमा मध्य ब्याण्ड अर्थात ४१० सम्म सपोर्ट लिन पनि आउन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.