मंगलवार, कार्तिक ३,२०८३ 03:15:16
  • मंगलवार, कार्तिक ३,२०८३ 03:15:16
Global IME Bank Limited

यो साता ३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजार आगामी साता कस्तो रहला ?

Bizshala
यो साता ३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजार आगामी साता कस्तो रहला ?
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन मात्रै कारोबार भयो । यो साता रक्षाबन्धन र गाईजात्राका कारण २ दिन सेयर कारोबार हुन सकेन । ३ दिनको कारोबारमा बजार २ दिन बढ्यो भने १ दिनमात्रै घट्यो । अघिल्लो साता ३ हजारको विन्दुमा बन्द भएको बजार यो साता २९७४.४६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २६.३५ अंकको गिरावट आयो । अघिल्लो साता बजार २३४.४३ अंकले बढेको थियो ।  

यो साताको ३ कारोबार दिनमा ६६.९० अर्बको कारोबार भयो । अघिल्लो साता यस्तो कारोबार १ खर्ब २८ अर्बबराबर कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४७.२४ खर्ब रुपैयाँ पुग्यो । यस्तो बजार पू्ँजीकरण अघिल्लो साता ४७.६६ खर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले यो साता नेप्से बढ्दा बजार पूँजीकरण २६.५८ अर्बले घटेको  छ ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा

क्याण्डल स्टिकको आधारमा यो साताको साप्ताहिक चार्टमा वियरिस स्पिनिङ प्रकृतिको क्याण्डल बनेको छ । यो क्याण्डल भनेको अनिर्णयको संकेत हो । यसले लगानीकर्ता ठूलो अनिर्णयमा भएको संकेत गर्छ । यदि आगामी कारोबारमा बजार यो साताको न्यून विन्दु २९४७ भन्दा तल गएमा बजारमा बिक्री दबाब र ३०४७ भन्दा माथि लागेमा बजारले फेरि अप ट्रेन्ड पनि लिन सक्ने छ  ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बोलिङ्गर ब्याण्ड , म्याक्डी तथा आरएसआई  

बोलिङ््गर ब्याण्डको आधारमा यो साताका ३ कारोबारमा बजारले अपर ब्याण्ड छोडेको देखिन्छ । म्याक्डीको आधारमा भने एमएसीडी लाइन र सिग्नल लाइनबीच करिब बियरिस क्रसओभर बन्दै गरेको देखिन्छ । तर यो साता नै वियरिस बनि सकेको अवस्था भने होइन । एमएफआई(मनी फ्लो इन्डेक्स) र आरएसआईमा पनि बियरिस डाइभर्जेन्स बन्दै गरेको देखिन्छ । 

 पिभट् प्वइन्टः  

पिभट विश्लेषण मार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३३५५

प्रतिरोध २ – ३१९६

प्रतिरोध १–  ३०९८

पिभट् प्वइन्टः २९३८

घटेमा सपोर्ट  

सपोर्ट १– २८३८

सपोर्ट २– २६४१

सपोर्ट  ३ – २५८३

निष्कर्षः सातौं सातासम्म लगातार बढेको सेयर बजारमा यो साता भने ब्रेक लागेको छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा यो साता बिक्री दबाब परेको देखिन्छ । डाउ थेउरी अथवा प्राइस एक्सनबाट नियाल्दा पनि बजारले हायर हाई र हायर लो का सिरिजहरु नै बनाएको छ । बजारले अहिले नै कुनै चेञ्ज अफ क्यारेक्टर बनाएको देखिदैन ।  

अर्थात बजारले कुनै प्रष्ट दिशा निर्धारण गरेको देखिदैन । कारोबार तथा भोल्युमबाट नियाल्दा बजारले यो साता एभरेज भोल्युम भन्दा कम भोल्युम आएको देखिन्छ । यद्यपी बजार सधैं बढेको बढ्यै र घटेको घट्यै पनि गर्न नसक्ने भएको कारण बजारमा आगामी साता केही करेक्सन हुन्छ भने त्यो बजार थप मजबुत नै हु्ने छ ।  

इलिअट वेभमार्फत नियाल्दा यदि बजार आगामी साता पनि ३ हजार विन्दुमाथि टिक्न सक्दैन भने यो साता माइनर डिग्रीको तेस्रो वेभ सकिएको र आगामी साता चौथौ वेभ चल्दा बजारमा सामान्य करेक्सन आउन सक्छ । यद्यपी अघिल्लो साताको पेस्टल र इलिअट वेभ मार्फत गरेको विश्लेषण अनुसार बजारले केही करेक्सन पछि नयाँ हाई बनाउने विषयमा भने हामी अडिग नै छौं ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.