बुधबार, चैत्र २०,२०८१ 07:24:38
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:24:38
IME remit
Global IME Bank Limited

यसकारण इलिअट वेभको पाँचौ वेभमा बजार ३ हजार विन्दुसम्म पुग्न सक्ने(साप्ताहिक विश्लेषणसहित )

Hyundai Nepal
यसकारण इलिअट वेभको पाँचौ वेभमा बजार ३ हजार विन्दुसम्म पुग्न सक्ने(साप्ताहिक विश्लेषणसहित )
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार ४ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ६७८.४७ विन्दुमा बन्द बन्द भएको बजार यो साता २ हजार ७४३.७४ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता सेयर बजार ६५.२७ अंकले बढ्यो ।  

अघिल्लो साता २१.३४ अंकले बजारमा गिरावट आएको थियो । यो साता दोस्रो बजारमा ३८ अर्ब ५८ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता पाँच कारोबारमा ३९ अर्ब २४ करोडबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा सूचक र दैनिक औषत कारोबार दुवैमा बढोत्तरी आयो । यो साता बजार पूँजीकरण ४५ खर्ब ५४ अर्बको रह्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४४ खर्ब ४६ अर्ब रहेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्ष  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो साताको बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र कारोबार रकम समेतको आधारमा हेर्दा हालको करेक्सन माइनर डिग्रीको वेभ ५ सकिएपछिको वेभ ‘एबीसी’ चलेको देखिन्छ । जसलाई कारोबार र भोल्युमले पनि पुष्टि गरेको छ ।  

पछिल्लो समयको बजारलाई नियाल्दा बजार इलिअट वेभको सिद्धान्तअनुसार चलेको छ प्रष्ट हुन्छ र आगामी दिनमा पनि चल्नेछ । यस हिसाबले यही सिद्धान्तलाई टेकेर नेप्सेका आगामी यात्रा अनुमान गर्नुपर्दा तथा बजार अनुसन्धान र लगानीकर्ताको मनोविज्ञानलाई समेत मध्यनजर गरेर हेर्दा यो साताको बढोत्तरी भनेको सानो समय अवधिको ५ औ  वेभ हुन सक्ने देखिन्छ । आगामी साता पनि यसले निरन्तरता पाउछ भने बजार एकपटक २९ सय देखि ३ हजारसम्म पुग्न सक्ने देखिन्छ ।  

वैैकल्पिक रुपमा यदि बजारले आगामी साता हाल चलेको पाँचौ वेभ ‘ट्रङकेशन’ भएको खण्डमा बजारको हालको बढोत्तरी २८ सय विन्दु आसपासमा नै सकिन पनि सक्छ । यद्यपी हालको यो सम्भावना कमै देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा बजारलाई नियाल्दा तीन सातादेखि मध्य ब्याण्डमा चलेको देखिन्छ । यो अवधिमा अपर ब्याण्ड र लोअर ब्याण्ड खुम्चिएको अवस्थामा रहेको छ । यसले सम्भावित रुपमा बजारले ट्रेन्ड परिवर्तन गर्न थालेको बुझिन्छ । साप्ताहिक रुपमा नै म्याक्डी मार्फत नियाल्दा एएसीडी लाइन र सिग्नल लाइनबीच करिब बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । यसले पनि सम्भावित रुपमा बजार बुलिस बन्न सक्ने अनुमान लगाउन सकिन्छ । आरएसआई पनि न्यूट्रल तहबाट माथि ५८ को तहमा बुलिस नै देखिन्छ ।  

इचिमोकू  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत आज नेपालको सेयर बजार चार्टमा बुलिस क्रसओभर देखिएको हो । नेपालको सेयर बजारको चार्टमा राख्दा आज हरियो रेखाले रातो रेखालाई क्रस गरेर माथि जान खोजेको देखिन्छ । यसविपरीत यदि हरियो रेखाले रातो रेखालाई माथिबाट काटेर तल जान्छ भने त्यस्तो अवस्थामा बजार वियरिस हुने गर्छ ।

त्यसैगरि, मूल्य रेखाहरु पनि क्लाउडको पोजिसन भन्दा माथि चलेका छन् । यस हिसाबले इचिमोकू अन्तर्गत पनि बजार अप ट्रेन्डमा नै चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८१९

प्रतिरोध २ – २७५०

प्रतिरोध १–  २७०४

पिभट् प्वइन्टः २६३५

घटेमा सपोर्ट  

सपोर्ट १– २५८८

सपोर्ट २– २५७०

सपोर्ट  ३ –२४७३

निष्कर्षः यो साताको बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा  दैनिक औषत ९ अर्ब ६५  करोडबराबरको कारोबार भएको देखिन्छ । जसलाई सन्तोषजन नै मान्न सकिन्छ । यदि आगामी कारोबारमा दैनिक १० अर्बमाथि कारोबार भएको खण्डमा कारोबार मार्फत बजार बुलिस बनेको मान्न सकिन्छ । इलिअट वेभ तथा प्राइस एक्सनबाट नियाल्दा प्रष्ट रुपमा नै अप ट्रेन्ड देखिन्छ । आगामी कारोबारमा नेप्से २८ सय माथि लागेमा नयाँ हायर हाई बन्ने छ । विभिन्न इन्डिकेटरहरु जस्तो बोलिङ्गर ब्याण्ड , म्याक्डी , आरएसआइ , इचिमोकू र मूभिङ एभरेजबाट नियाल्दा बजार बुल नै देखिन्छ ।  

यस हिसाबले विभिन्न कोणबाट बजारलाई नियाल्दा आगामी २ देखि ३ महिना भित्रमा बजारले एकपटक ३ हजार माथिको यात्रा गर्न सक्ने आधार बन्दै गएको देखिन्छ । तर यसका लागि कारोबार तथा भोल्युम भने आगामी कारोबारमा दैनिक रुपमा १० अर्व माथि आउने पर्ने हुन्छ ।  

क्षेत्रगत रुपमा हेर्दा यो साता विकास बैंक , जलविद्युत् , उत्पादन तथा सामुहिक लगानी समूहमा रातो पोतियो भने बाँकी समूहहरुमा हरियाली नै छायो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.