काठमाण्डौ । आज सेयर बजारमा दिनभर नै हरियाली छायो । आज बजारमा एक सय अंकको उतारचढाव आयो । विहान प्रि ओपनमा करिब ३० अकंले बढेको बजार अन्त्यमा ४७ अंकले बढेर बन्द भयो । बजार बढ्दा आज कारोबार पनि बढ्यो ।
प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्य ब्याण्डभन्दा माथि टिकेर बन्द भएको छ । आज क्याण्डल भने माथि लामो धागो सहितको बनेको छ । यसले बजारमा केही बिक्री दबाव पनि परेको बुझिन्छ । कारोबारमार्फत आजको बजारलाई नियाल्दा २० दिनको औषत भोल्युमबराबर नै रहेको छ । म्याक्डीमार्फत नियाल्दा वियरिस क्रसओभर भ्यालिड नै रहेता पनि हिस्टोग्राम छोटो–छोटा हुँदै गएका छन् ।
यसले बजार विस्तारै बुलिस हुँदै गएको भन्न सकिन्छ । आरएसआई पनि न्यूट्रल जोन ५० भन्दा माथि लागेको देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारमा खरिद दबाव परेको मान्न सकिन्छ । आज बढेको बजार यदि आगामी दिनमा पनि २१ सय विन्दुमाथि नै टिक्छ भने बजारले माथिको यात्रा तय गर्न सक्ने अनुमान लगाउन सकिन्छ ।
पिभट् मार्फत नियाल्दा आज पहिलो प्रतिरोध ब्रेक गरेको बजारले अबको दोस्रो प्रतिरोध २१६८ , तेस्रो प्रतिरोध २२०२ विन्दुमा लिन सक्छ ।
त्यसैगरि घटेमा भने २०६८ को विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।