आईतवार, बैशाख ६,२०८३ 08:36:08
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:36:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एचआईडीसीएलको सेयर ‘बुलिस सेन्टिमेन्टमा’ चल्दै, कति सम्म पुग्ला भाउ ?

Bizshala
एचआईडीसीएलको सेयर ‘बुलिस सेन्टिमेन्टमा’ चल्दै, कति सम्म पुग्ला भाउ ?
Shivam Cement

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) नेपाल स्टक एक्सेञ्ज(नेप्से)को लगानी उपसमूहमा सूचीकृत कम्पनी हो । यो कम्पनीको स्थापना सन् २०११ मा भएको हो । यो कम्पनीमा नेपाल सरकार अर्थ मन्त्रालय , नागरिक लगानी कोष, उर्जा तथा जलस्रोत मन्त्रालय र राष्ट्रिय बीमा संस्थान जस्ता सरकारी निकायहरु संस्थापक सेयर होल्डरका रुपमा रहेका छन् ।  

यो कम्पनीमा नेपाल सरकारको ५० प्रतिशत , सर्वसाधारण सेयरधनीको २० प्रतिशत, अन्य संस्थापक सेयरधनीको १५ प्रतिशत र कर्मचारी सञ्चय कोष , नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानहरुको ५/५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आधाभूत पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी २४ अर्ब ५६ करोड , जगेडा कोष ३ अर्ब ४७ करोड , खुद मुनाफा ५२ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल पूँजी २८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.२५ रुपैयाँ र नेटवर्थ ११४ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ३.७३ प्रतिशत रहेको छ । कम्पनीको ८ वर्षको वार्षिक औषत लाभांशदर करिब ७ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

इलिअट वेभ

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक÷फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

कम्पनीले पछिल्लो समय बनाएको चक्रको आधारमा नियाल्दा पहिलो वेभमा १५९ देखि २१२ सम्म वेभ १ , वेभ २ मा करेक्सन भएर १७० सम्म, वेभ ३ मा तीव्र बढोत्तरीका साथ ३४१ सम्म र वेभ ४ मा २३५ सम्म करेक्सन भएको देखिन्छ । त्यसपछि अब वेभ पाँचमा बढोत्तरीका साथ अब आउने बुलमा यो कम्पनीको सेयर भाउ प्रतिकित्ता ४४४ रुपैयाँसम्म पुग्न सक्छ ।  

CG Motors
Garima Development Bank
IME remit

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल ७० को तहमा बुलिस सेन्टिेमन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य ३४४ रुपैयाँ रहेको छ भने न्यून मूल्य १५८ रुपैयाँ रहेको छ । कम्पनीमा ८० प्रतिशत सेयर स्वामित्व संस्थागत र २०  प्रतिशत सर्वसाधारणतर्फ रहेको छ ।

बोलिङ्गर ब्याण्ड

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ हाल अपर ब्याण्डमा चलको छ । म्याक्डीमा यस अघिनै बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएको देखिन्छ । आरएसआई ओभर बट जोन ७० को तहमा पुगेको छ । यसले कम्पनीको सेयर भाउ बुलिस बन्दै गरेको बुझिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –३०६

प्रतिरोध २ – २८५

प्रतिरोध १–२६७

पिभट प्वइन्टः२४६

घटेमा सपोर्ट  

सपोर्ट १– २२७

सपोर्ट २– २०६

सपोर्ट  ३ –१८८

निष्कर्षः दोस्रो बजारमा यो कम्पनी उच्च पूँजी भएको कम्पनी मानिन्छ । कम्पनीको चुक्तापूँजी झण्डै २५ अर्ब पुगिसकेको छ । तर पूँजी अनुसारको कम्पनीको खुद मूनाफा तथा प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटीमा सुधार भएको देखिदैन । कम्पनीको जगेडा कोषमा भने ८३ प्रतिशतले बढोत्तरी भएको देखिन्छ । प्राविधिक रुपमा फियर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । इलिअट वेभबाट नियाल्दा कम्पनीको सेयर भाउ आगामी बुलमा पाँचौ वेभ सकिदा प्रतिकित्ता ४४४ रुपैयाँसम्म पुग्न सक्ने सम्भावना रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.