काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । यो दिन बजार बढ्दा कारोबार पनि बढेको छ । जसलाई सकरात्मक रुपमा लिन सकिन्छ ।
प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा सपोर्ट जोन अर्थात पिभट् प्वइन्टको तेस्रो सपोर्ट १९५५ आसपासबाट फर्केर ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । तर आजको बढाइले मात्रै अब बजार बढ्यो भन्ने निश्चित भईसकेको भने होइन । यदि आगामी दिनमा बजार बढेर माथि जाने हो भने अब बन्ने क्याण्डल बुलिस क्याण्डल बन्नु पर्ने हुन्छ ।
अर्थात आगामी कारोबारमा बजार २ हजार विन्दुमाथी बन्द हुनुपर्ने छ । तर यस विपरित यदि बजार आजको न्यून विन्दु १९५३ भन्दा तल गएको खण्डमा बजारमा अझै करेक्सन नसकिएको मान्न सकिन्छ । यद्यपी बजारलाई इन्डिकेटरबाट नियाल्दा आरएसआई ओभरसोल्ड जोन तथा बोलिङगरको तल्लो ब्याण्डसम्म आएको देखिन्छ । यस कारण बजारमा करिब करेक्स सकिएको मान्न सकिन्छ ।
त्यसैले अबको बजारको दिशा आगामी दिनको कारोबार र क्याण्डलले निधारण गर्ने छ । आजको बढोत्तरीलाई भने बजार घट्न रोकिएको मान्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।