आईतवार, बैशाख ६,२०८३ 08:32:47
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:32:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगातार ४ साता २ हजार ७८० विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

Bizshala
लगातार ४ साता २ हजार ७८० विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ७४८.०५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७३५ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता समग्रमा बजार १३.१२ अंकले घट्यो । अघिल्लो साता भने बजार ६७.५६ अंकले बढेको थियो  ।

यो साता ५ दिनको कारोबारमा ४५ अर्ब ३६ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता भने ५ कारोबार दिनमा ३९ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता सेयर कारोबार बढ्यो भने र सूचक घट्यो । यो साता नेप्सेमा बजार पूँजीकरण ४५ खर्ब ३६ अर्ब पुग्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४५ खर्ब ५६ अर्ब रुपैयाँबराबरको कायम थियो । यस हिसाबले यो साता बजार घट्दा बजार पूँजीकरण पनि करिब २० अर्बले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको आधारमा बजारलाई नियाल्दा यो सातासम्म बजारले लगातार ४ साता २ हजार ७८० को विन्दुमा प्रतिरोध सामना गरेको देखिन्छ । अर्थात बजार यो विन्दुबाट माथि लाग्न सकेको छैन । यसको मुख्य कारण भनेको बजारमा हाई क्याप चल्न नसक्नु र लो क्याप भएका कम्पनीले मात्रै बजार धान्न नसकेको भन्ने नै हो ।  

यो साताको बजारलाई क्याण्डल स्टिकमार्फत नियाल्दा प्रतिरोधको विन्दुमा ‘वियरिस स्पिनिङ टप क्याण्डल’ बनेको छ  । यसले सम्भावित रुपमा आगामी साता पनि यदि बजार २७८० विन्दुभन्दा माथि लाग्न नसकेमा केही करेक्सन हुन पनि सक्छ भन्ने हो ।  

CG Motors
Garima Development Bank
IME remit

बोलिङ्गर, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआईको आधारमा यो साताको बजारलाई नियाल्दा यो साता पनि बजारले मध्य ब्याण्डमा नै सपोर्ट लिएको देखिन्छ । तर यो साता बजार घट्दा कारोबार बढेको कारण अन्तिम कारोबार दिनमा बजारमा बिक्री दबाब परेको देखिन्छ । म्याक्डीमा भने बजार जिरो लाइन भन्दा तल नै चलको छ । आरएसआई ५९ को तहमा चलेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले यो साता पनि प्रष्ट कुनै दिशा देखाएको छैन ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९०७

प्रतिरोध २ – २८४०

प्रतिरोध १–  २२७९४

पिभट प्वइन्टः २७२७

घटेमा सपोर्ट  

सपोर्ट १– २६८१

सपोर्ट २– २६१४

सपोर्ट  ३ –२५६८

निष्कर्षः यो साता नेप्से करिब १२ अंकले घट्दा कारोबार भने बढ्यो । साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा यो साता पनि बजारले मध्य ब्याण्ड भन्दा माथि नै सपोर्ट लिएको छ । आरएसआई पनि ५९ मा चलको देखिन्छ । मूभिङ एभरेजबाट नियाल्दा पनि बजार ५० दिने मूभिङ एभरेज भन्दामाथि नै चलेको देखिन्छ । पिभट्बाट नियाल्दा बजार पिभट् प्वइन्ट २७२७ विन्दुभन्दा माथि नै बन्द भएको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा पनि दैनिक औषत ९ अर्ब रहेको छ । यसर्थ बजार २७ सय विन्दुभन्दा माथि रहुन्जेल र करिब १० अर्ब दैनिक औषत कारोबार हुँदासम्म मजबुत नै मान्न सकिन्छ ।  

उपसमूहगत रुपमा  हेर्दा यो साता कारोबार समूह र लाइफ इन्स्योरेन्समा बढोत्तरी आयो भने वाणिज्य बैंक, विकास बैंक र होटल्स समूहमा भारी गिरावट आयो । त्यसैगरी, बाँकी रहेका अन्य समूहमा पनि यो साता रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.