काठमाण्डौ । जापानिज इन्डिकेटर ‘इचिमोकु’ क्लाउडअन्तर्गत आज नेप्सेको चार्टमा बजार बुलिस देखिएको छ । इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो। यो संगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो।
अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत आज सेयर बजार चार्टमा बुलिस क्रसओभर देखिएको हो ।
नेपालको सेयर बजारको चार्टमा राख्दा आज कन्भर्जन लाइनले बेसलाइनलाई क्रस गरेर माथि जान खोजेको देखिन्छ । लगातार ३ दिन बजार बढे पछि आज इचिमोकूमा लिड १ ले लिड २ लाइ तलबाट काटेको छ ।
यसका साथै २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसन भन्दा माथि पुगेको छ । यी सबै इन्डिकेटरबाट नियाल्दा बजार बजार विस्तारै बुलिस बन्दै गरेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।