काठमाण्डौ । साताको पहिलो कारोबारमा बजार झिनो अंकले घटेको छ । आज कारोबार भने ९ अर्ब माथिको रह्यो । आजसम्म बजारमा लगातार ४ दिन गिरावट आउदा नेप्से इन्डेक्स ४२ अंकले घटेको छ ।
प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार ४ कारोबारमा नै तल्लो ब्याण्डसँगै हिडेको देखिन्छ । योसँगै अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी बढ्दै गएको छ । म्याक्डी मार्फत नियाल्दा यस अघि बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ ।
हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई पनि ३७ को तहमा पुगेको छ । समग्रमा बजारलाई यी सबै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । आज २६२० विन्दुमा बन्द भएको बजारलाई पिभट् मार्फत नियाल्दा यदि आगामी दिनमा घटेमा २६०२, २५८१ र २५०२ विन्दुमा सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा भने क्रमश ः २६४३,२६६५ र २७०५ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।