काठमाण्डौ । लगातार २ दिन बजार घट्दा नेप्सेमा १०५ अंकले गिरावट आएको छ । यो सँगै यस अघि बनेको इभिनिङ स्टार भ्यालिड बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनाएर खसेको बजारले अब मध्य ब्याण्ड अर्थात २६ सय आसपासमा बलियो सपोर्ट लिन सक्छ ।
म्याक्डीबाट नियाल्दा भने बजारले करिब वियरिस क्रसओभर बनाँउदै गरेको देखिन्छ । तर भईसकेको अवस्था भने होइन । आरएसआईबाट नियाल्दा बजार न्यूट्रल जोन ५० बाट तल खसेको छ । यसले बजारमा बिक्री दबाव देखिन्छ ।
लगातार २ दिन खसेको बजारले अब तेस्रो कारोबारमा बोलिङ्गरको मध्य ब्याण्डबाट भने बलियो सपोर्ट लिन सक्छ । तर यदि मध्य ब्याण्डबाट पनि तल खस्छ भने बजारमा केही समय करेक्सन चल्न पनि सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।