काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज बजार बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि बढेको छ । हालको बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा अल्पकालका लागि भने बुलिस तिर जानसक्ने सम्भावना देखिन्छ ।
यद्यपी यसको लागि बजारले एक घण्टाको समय अवधिमा पनि मध्य ब्याण्डलाई ब्रेक गरेर माथि जान भने सकेको छैन । अर्थात आज २६०१ विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २६१० विन्दु भन्दा माथि टिकेर कारोबार हुनुपर्ने छ । एक घण्टाको समय अवधिमा नै म्याक्डीमा बजार बुलिस क्रसओभर बनेको छ ।
मनी फ्लो इन्डेक्समा भने ओभर सोल्ड जोनबाट फर्केर बजार हाल ५० को तहमा चलेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा बजारमा अल्पकालको लागि भने बुलिस बनेको देखिन्छ । पिभट् मार्फत नियाल्दा अब बजारले नजिकको प्रतिरोध २६४० , २७३३ र २८९० विन्दुमा लिन सक्छ । तर घटेमा भने बजारले २४८२, २३८८ र २३०० विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।