काठमाण्डौ । साहस उर्जा जलविद्युत कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनी मध्ये एक हो । यो कम्पनीको स्थापना जलविद्युत क्षेत्रका उद्यमशिल व्यक्तिहरुद्वारा विसं २०७१ मा स्थापना भएको हो ।
कम्पनीले नेपालको उच्च स्थानमा रन अफ् द रिभर प्रोजेक्टमा आधारित रहेको छ । कम्पनीले सोलुखोलामा ८६ मेगावटको जलविद्युत उत्पादन गरिरहेको छ ।
आधारभूत पक्षः
यस आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदनअनुुसार कम्पनीको चुक्तापूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको जेगेडा कोषमा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको कुल पूँजी ६ अर्ब ६ करोड रुपैयाँ र खूद मुनाफा ४१ करोड ६० लाख ४२ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.८९ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १७३ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ६.८६ प्रतिशत रहेको छ ।
प्राविधिक पक्षः
फियर एण्ड ग्रिड मिटर
फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताहरुको सेन्टिमेन्ट सामान्य अवस्थामा रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ६९४ रुपैयाँ र न्यून मूल्य ४०८ रुपैयाँ रहेको छ । नेप्सेमा आज यो कम्पनीको सेयर भाउ ६२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीमा ७० प्रतिशत सेयर स्वामित्व संस्थापक र ३० प्रतिशत सर्वसाधारण समूहको रहेको छ ।
बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ हाल तल्लो ब्याण्डमा चलेको छ । आजको कारोबारमा यस कम्पनीको सेयर भाउमा बुलिस इन्गलफिङ प्याट्रन बनेको छ । म्याक्डीमा केही समय पहिले बनेको वियरिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ नै रहेका छन् । तर आज फिक्का बनेको छ । आरएसआई हाल ४९ को तहमा चलेको छ । समग्रम ३ वटै इन्डिकेटरबाट नियाल्दा करिब–करिब अप ट्रेन्ड लिँदै गरेको देखिन्छ ।
पिभट् प्वइन्टः
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ८११
प्रतिरोध २ – ७६३
प्रतिरोध १– ६८५
पिभट प्वइन्टः ६४२
घटेमा सपोर्ट
सपोर्ट १– ५५९
सपोर्ट २– ५१६
सपोर्ट ३ – ४३३
निष्कर्षः साहस उर्जा आधारभूत रुपमा बलियो नै रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी २०८ प्रतिशत र बुक भ्यालु १८८ प्रतिशत बढेको छ । कम्पनीको खुद मुनाफा र जगेडामा पनि बढोत्तरी आएको छ । यस हिसाबले आधारभूत रुपमा कम्पनी बलियो र राम्रो देखिन्छ । प्राविधिक रुपमा यस कम्पनीको सेयर भाउमा आज बुलिस इन्गल्फिङ बनेको छ भने लगानीकर्ताहरुको सेन्मिेन्ट भने न्यूट्रल सेन्टिमेन्टमा चलेको छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।